Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिइओको उमेर ६५ सञ्चालकको ७० बर्ष

काठमाडौं । बैंकहरुलाई मर्जरमा जान दबाव दिइरहेको नेपाल राष्ट्र बेंकले अब ६५ बर्ष नाघेको ब्यक्ति प्रमुख कार्यकारी अधिकृत हुन नपाउने भएको छ। पहिले नै नियुक्त भइसकेको ब्यक्तिले भने ६९ बर्षसम्म जागिर खान पाउने भएका छन्। यो ब्यवस्थाले भर्खरै नियुक्त भएका प्राइम बेंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरको पदमा अन्यौलता देखिएको छ। उनलाई गत शुक्रबार बैंक सञ्चालक समितिले पुन चार बर्षका लागि प्रमुख कार्यकारी बनाएको थियो। यदि उनको उमेर ६९ नाघेको छ भने पद जाने छ।
साथै सञ्चालक समितिमा ७० बर्ष नाघेपछि जान नपाइने भएको छ। यदि सञ्चालक भइसकेको भए उसले ७४ बर्षसम्म मात्र काम गर्न पाउने छ। यो ब्यवस्थाले एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठ पद मुक्त हुने छन्।
मर्जरका हकमा सिइओ, डेपुटी सिइओ र सञ्चालकलाई कुलिङ पिरियड नलाग्ने भएको छ। राष्ट्र बैंकले बुधबार मौद्रिक नीतिका सुविधा र ब्यवस्थाहरुलाई समेटेर परिपत्र जारी गरेको छ। परिपत्र अनुसार मर्जरमा जानेका लागि घोषणा गरिएका सुविधा आजैबाट लागू भएका छन्। ऋणीले ५० लाखभन्दा बढि ऋण लिएमा स्थायी लेखा नम्बर अनिवार्य गरिएको छ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल

रास्वपाको पक्षमा अभूतपूर्व मत

२०८२ फाल्गुन २२

ताजा नेपाल