Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिक्किममा साँस्कृतिक राजाको अभ्यास

  • अर्जुन ज्ञवाली

तोब्ग्याल वाङ्चुक तेन्जिङ नामग्याल सिक्किमको चोग्याल राजतन्त्रका उतराधिकारी हुनुहुन्छ उहाँ अहिले ७२ बर्षमा प्रवेश गर्नुभएको छ । सिक्किम भारतमा लेण्डुप दोर्जेले रअ र इन्दिरा गान्धिको योजनामा कथित संविधानसभा मार्फत बिलय गराएको अहिले ४९ बर्ष भएको छ । तथापि अहिले पनि तोब्ग्याललाई सास्कृतिक राजाको रूपमा सिक्किमका जनताले मान्ने गर्दछन् । नेपालमा ‘रअ’ को योजनामा २०६४ को संविधानसभापछि तत्कालीन राजा ज्ञानेन्द्रलाई सिआइए योजनाको बेबिकिङ तत्कालीन प्रधानसेनापती रुकमाङ्गद कटबाल र गिरिजाप्रसाद कोइराला त्यसैगरी सास्कृतिक राजाको एजेन्डा ‘रअ’ का एजेन्ट तत्कालिन माओवादी नेता डा. बाबुराम भट्टराई मार्फत कान्तिपुर टेलिभिजनको स्व. इन्द्र लोहनीले लिएको बहस कार्यक्रम मार्फत बोल्न लगाइएको थियोे । नेपाली नामक इन्डो÷अमेरिकी सेनाको बेबिकिङ र रअ को साँस्कृतिक राजाको एजेन्डा राजा ज्ञानेन्द्रले अश्विकार गरेपछि नेपालको सेनाले गणतन्त्र घोषणा गर्न इन्डो÷अमेरिकी योजनामा सहयोग गरेको थियोे । सिक्किममा संविधानसभा मार्फत देश भारतमा लेण्डुप दोर्जेलाई अगाडि लगाएर बुझाइसकेपछि सन् १९७४ अप्रेल १४ मा प्रायोजित जनमतसंग्रह मार्फत त्यसलाई अनुमोदन गरियो । नेपालमा २०६४ जेठ १५ गते संविधानसभा मार्फत गणतन्त्र घोषणा गरियो त्यो अनुमोदन भएको छैन । यसकारण सिक्किममा जस्तै तत्कालीन प्रधानसेनापती रुकमाङ्गद कटवालले संघीयता, हिन्दूराष्ट्र, राजतन्त्रको जनमतसंग्रहको एजेन्डा संविधानसभामा पठाए त्यहीँ एजेन्डा राप्रपा नेपालका कमल थापा, राप्रपाका राजेन्द्र लिङदेन बिचारभन्दा माथी देश भन्ने रबिन्द्र मिश्र र नेकपाका नेत्र बिक्रम चन्द आदिले बेलाबेलामा उठाइरहेका छन् । राजाबादी आबरणका राजाबिरोधी राणाबादीहरूले बेबि किङ भनिरहेका छन् भने आरएसएस मिसनमा आवद्ध हिन्दूआवरणमा आएका साँस्कृतिक राजा भन्ने लेण्डुप दोर्जेका अनुचरहरू पनि राजाबादी आवरणमै भ्रमदिन खोजिरहेका छन् । यतिबेला राजा देशदौडाहमा हुनुहुन्छ । उहाँ यी कुख्यात मण्डलेहरू महाकाली बिक्रि गर्ने राप्रपा, राप्रपा नेपाल नामक पूर्व पञ्चहरूको भ्रममा त पक्कै हुनुहुन्न । तथापि दरबार हत्याकाण्ड र गणतन्त्र ल्याएको इन्डो÷अमेरिकी नेपाली नामक सेनाले प्रयोग गर्न खोज्दैछ । किनकि नेपाली पोशाकमा देखिने यी ज्यूँदा लाशहरूलाई यतिबेला सुरक्षाकवज चाहिएकोछ । किनकि यो सेना अन्तर्राष्ट्रिय रूपमा पुरै अविश्वसनिय र पतन भएको छ । नेपाल प्रहरीको हवल्दार जति पनि नेपाल नबुझेको नेपाली समाज नबुझेको र हवल्दारको यो सेनाका कुनै पनि जनरलहरू नेपाल एकीकरणको आध्यात्मिक, राजनीतिक र साँस्कृतिक जग बुझ्न सक्षम छैनन् । अधिकांश जनरलहरूलाई सुद्ध नेपाली बोल्न आउँदैन । मेजरभन्दा माथि धेरैजसो सैन्य अधिकारीहरूको विदेशी नागरिकता छ । कसैले बेलायतको, कसैले अमेरिकाको, कसैले अष्ट्रेलियाको नागरिक बन्ने लक्ष्य राखेर नेपालको सेनाभित्र कब्जा जमाइरहेका छन् । यो गिरोहलाई देश, जनता र राष्ट्रियताको कुनै चिन्ता छैन । राजा ज्ञानेन्द्रले यो कथित सेनालाई बिश्वास गर्नु र भरपर्नु भनेको आत्महत्या गर्नु सरह हो । यसकारण अब उहाँले युवा राजा पारस शाहलाई सिम्हानुक मोडेलमा अवतरण गराएर देशको पक्षमा उभिनु नै उहाँ उहाँको परिवार नेपाल एकीकरणको सुरक्षाका दृष्टिकोणले सहिमार्ग हुनसक्छ । भुराजनीति पनि अनुकुल हुदैछ । उहाँलाई अब गल्ती गर्ने कुनै अपसन छैन । यो सेनाको बिश्वासमा पर्नु भनेको बुबा राजा महेन्द्र र दाजु राजा बिरेन्द्र परिवारको हविगतमा चक्रब्युहमा फस्नु हो । सिक्किमका सास्कृतिक राजाको ७२ औ जन्मदिनले राजा ज्ञानेन्द्रलाइ इन्डो÷अमेरिकी षड्यन्त्रमा राजाबादी आवरणका राणाबादी मण्डले र सेनाको षड्यन्त्रबाट जोगिने प्रेरणा प्रदान गरोस् । इतिहास पुरानै रूपमा दोहोरिदैन नयाँ फेना मेनामा देखापर्दछ । नेपालमा अलिक फरक ढङ्गले दोहोरियको छ । भुराजनीति सिम्हानुक मोडेल या लाओस मोडेलको अनुकूल हँुदैछ । युक्रेन बिभाजन र अमेरिकी साम्राज्यवादको पतन हुँदैछ । सिरिया र टर्कीमा अमेरिकी साम्राज्यवाद पराजित बनेकोछ । दक्षिण एशियामा श्रीलंका र माल्दिभ्सले भारतीय एकाधिकार तोडेका छन् भने पाकिस्तानले अमेरिकी एकाधिकार तोडेको छ । भुटानले भारतीय एकाधिकार तोडने प्रयत्न गरिरहेको छ । अफगानिस्तानले चीन रुससँग सम्बन्ध बिस्तार गर्दैछ । नेपालमा बिआर आइ कार्यान्वयनको चरणमा क्रियाशिल छ । इन्डियन र अमेरिकी अनुचरहरू छटपटाइ रहेका छन् । कमजोर राजा घेरेर खाएको कथित सेना ८० को दशकको कम्बोडियाको सिआइए जासुस लोननोलले नेतृत्व गरेको र कम्बोडियामा गणतन्त्र ल्याएको सेनाकै अवस्थामा विघटन उन्मुख छ । यो अवस्थामा आरएसएसका अनुचरहरूले षड्यन्त्रका लागि आयोजना गरेका धार्मिक प्रायोजित क्रार्यक्रममा जानुको कुनै औचित्य छैन । देशका कुना काप्चा भ्रमण गर्दा राम्रै हुन्छ ।
पूर्वको कुम्भमेलामा नगएर पश्चिम् भ्रमण गर्नु उपयुक्त कदम हो । पश्चिम्को भूमि चन्दननाथको भुमी हो । पृथ्वीनारायण शाहका गुरु भगवन्तनाथको भुमी हो । योगि नरहरिनाथ अवतरण गरेको भुमी हो । बैधनाथको भुमि हो । बरननाथको भुमि हो । खप्तडबाबाले तपस्या गरेको भुमि हो । आदिनाथ भगवान शिव माता पार्बती बिचरण गर्ने कैलाश मानसरोवरसँग जोडिएको भुमि हो । मस्टदेवताको भुमि हो पुण्य भुमि हो । यस किसिमको बिश्व र दक्षिण एशियाली राष्ट्रको भुराजनितिमा सिम्हानुक मोडेलको वातावरण अनुकुल हुदै आइरहेको छ । तोब्ग्याल वाङचुक तेन्जिङ नामग्याललाई ७२औ जन्मदिनको शुभकामना । नेपालका राजा ज्ञानेन्द्रलाई सिक्किमको साँस्कृतिक राजाको परिणामबाट देशले भोग्नु परेको दुरावस्थाको पुनः स्मरण र सिम्हानुक मोडलको शुभकामना ।


सम्बन्धित समाचार