Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिटिजन्स बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्दै

काठमाडौं । सिटिजन्स बैंकले असोज १७ गतेदेखि ३ अर्ब रुपियाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ ।
बैंकले प्रतिइकाई १ हजार रुपियाँ दरमा ३० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये १८ लाख इकाई बैंकले आफ्नै पहलमा र बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला गरिने छ । ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ ।
बैंकले १० वर्ष अवधिको ‘१० प्रतिशत सिटिजन्स डिबेन्चर २०९०’ जारी गर्न लागेको हो । वार्षिक १० प्रतिशत ब्याजदर दिने बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जानकारी दिएको छ । ऋणपत्रमा छिटोमा असोज २१ गतेसम्म र ढिलोमा कात्तिक १ गतेसम्म आवेदन दिन सकिने छ ।