Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिन्धुपाल्चोकमा घरभित्रै जलेर तीन बालकको मृत्यु

सिन्धुपाल्चोक । जिल्लाको हेलम्बु गाउँपालिका–७ सुर्सिङमा सोमबार राती भएको आगलागीमा जलेर तीन बालकको मृत्यु भएको छ। स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनका ६ वर्षीय छोरा मनोज, सोही ठाउँका सुकमान तामाङका ५ वर्षीय छोरा मनिष, छिमेकी साइला तामाङका ५ वर्षीय छोरा दिलबहादुरको मृत्यु भएको हो । सिन्धुपाल्चोक प्रहरीका अनुसार साँझ मकैको ढोड र सुकेको नलमा आगो सल्किँदा आगलागी भएको हो। तामाङ ढुंगा, माटो र टिनले छाएको एक तले गोठमा बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।