Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेकपा माओवादी भातृ सङ्गठन वाइसिएलका केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक जिल्ला इन्चार्ज सुरेश रानासहितका युवा नेताहरू एमालेमा प्रवेश गरेका छन् ।
नेकपा माओवादी केन्द्रभित्र परिवारवाद हाबी भएको भन्दै असन्तुष्ट रहेका प्रभावशाली युवा नेताहरू सो पार्टी त्यागेर नेकपा एमालेमा प्रवेश गरेका हुन।
माओवादी भातृ सङ्गठन वाइसिएलका केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक जिल्ला इन्चार्ज सुरेश राना ‘योगदान’ को नेतृत्वमा सिङ्गो ठुलोसिरुवारीका युवाहरू नेकपा एमालेमा समाहित हुनुभएको हो ।
उहाँहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले निवास बालकोट पुगेर एमालेमा प्रवेश गर्नुभएको हो । युवा नेताहरूलाई एमाले अध्यक्ष ओलीले स्वागत गर्नुभएको छ ।
एमाले प्रवेश गरेपछि नेता रानाले माओवादी केन्द्र परिवारको कोटरीमा परिणत भएको र कम्युनिष्ट विरोधी कित्तामा पुगेकोले एमालेमा समाहित भएको बताउनुभयो
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल