Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिन्धु विकास बैंकको शाखा चितवनमा

काठमाडौं । सिन्धु विकास बैंकले चितवनको भरतपुरस्थित विकासचोकमा शाखा स्थापना गरेको छ । विकास चोक शाखाको चितवन उद्योग बाणिज्य संघका अध्यक्ष सहनलाल प्रधानले उद्घाटन गरे।
बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशीले बैंकको हाल सम्मको प्रगती तथा भावी कार्यक्रमको बारेमा जानकारी दिएका थिए।
बैंकले निकट भविष्यमा नै चितवनको नारायणगढ, चनौली, लाहुरे चोक र मकवानपुरको हेटौंडा बजार लगायत विभिन्न स्थानहरुमा बैंकको शाखा तथा सिमित बैंकिङ्ग ईकाई कार्यालय स्थापना गर्ने जनाएको छ।
२०६७ साल भाद्र २४ गतेबाट सिन्धुपाल्चोकको बाह्रविसेमा कार्यालय स्थापना गरी बैंकले कारोवार सुरुवात गरेको हो। बैंकले १०औं बार्षिकोत्सवको अवसर पारी काभ्रेको बनेपास्थित चण्डेश्वरी मन्दिरमा डस्टबिन लगायतका सामाग्री बितरण गरेको छ । प्रधान कार्यालय बाह्रविसे, बनेपामा कर्पोरेट तथा शाखा कार्यालय सहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिङ्गटी, जलबिरे, पनौती, टाँडी, पर्सा, पालुङ्ग र विकासचोक गरी बैंकको १८ शाखाबाट कारोबार भएको छ।
सुकुटे तथा सिलढुङ्गामा सिमित बैंकिङ्ग ईकाई कार्यालय स्थापना गरी बैंकले कुल हाल २० स्थानबाट वित्तिय सेवा प्रदान गरिरहेको जनाएको छ ।


सम्बन्धित समाचार

सीमा प्रहरीको काम खोज्दै गृहमन्त्री

२०८३ श्रावण १४

ताजा नेपाल

सरकारी अराजकतामा रवि दर्शक

२०८३ श्रावण १४

ताजा नेपाल

कहाँ बाँकी भयो अब हस्तक्षेप !

२०८३ श्रावण १४

ताजा नेपाल