Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिन्धु विकास बैंकले मनायो १५औं वार्षिकोत्सव

काठमाडौं । सिन्धु विकास बैंकको १५औं वार्षिकोत्सव मनाएको छ । सोमबार बैंकले आफ्नो १५औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु गरी मनाएको हो । बैंकको वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले कर्पोरेट कार्यालय बनेपाको प्राङ्गगणमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा बनेपा बजार आसपासका स्थानीय वासिन्दा, जिल्ला रेडक्रस सोसाईटी तथा विभिन्न बैंक तथा वित्तीय संस्था एवं संघ संस्थाका प्रतिनिधिहरु लगायत बैंकका उच्च कर्मचारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो । उक्त खुला रक्तदान कार्यक्रममा करिब ५० रक्तदाताहरुले रक्तदान गरेका थिए । सिन्धुपाल्चोक जिल्लाकै पहिलो विकास बैंकको रुपमा स्थापित यस बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला गरी ५ जिल्लाहरुमा २५ वटा शाखा कार्यालयहरु र १ वटा सिमित बैकिङ ईकाइबाट बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले कार्यक्षेत्रका अधिकांश ग्रामिण भेगहरुमा बैंकिङ सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण ब्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आईरहेको छ ।


सम्बन्धित समाचार

कसले घेर्यो दुई तिहाईलाई

२०८१ आश्विन १

ताजा नेपाल

धनराजको फूर्ति मितेरीले खोस्यो

२०८१ आश्विन १

ताजा नेपाल

पत्रकारको चुनाव हुनेमा शंका

२०८१ आश्विन १

ताजा नेपाल