Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिभिल अस्पतालका कर्मचारीले कार्यकक्षमा लगाए ताला

काठमाडौं । कार्यकारी निर्देशकको राजीनामासहित ६ बुँदे माग राख्दै सिभिल निजामती कर्मचारी अस्पतालका कर्मचारी चारदिनदेखि आन्दोलनमा छन् ।

अस्पतालका निजामती कर्मचारी संघ, प्रगतिशील जनस्वास्थ्यकर्मी संघ र डाक्टर एसोसिएसनका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनको चौथो दिन सोमबार उनीहरूले कार्यकारी निर्देशक, प्रशासन प्रमुखको कार्यकक्षमा ताला लगाएका छन् ।

अस्पतालको दैनिक कामकाज र सेवा प्रभावित नहुनेगरी आफूहरू दैनिक १५ मिनेट धर्नामा बसेको र मंगलबारदेखि रिले अनसनसमेत सुरु गर्ने अस्पताल कर्मचारी संघका अध्यक्ष सन्तोष धिमालले बताए ।

यस्ता छन् आन्दोलनरत कर्मचारीका मागहरू

१. कार्यकारी निर्देशकले राजीनामा दिनुपर्ने
२. पदपूर्तिका लागि खोलिएका विज्ञापन तत्काल खारेज गर्नुपर्ने
३. अदालतको फैसला बमोजिम चिकित्सक र कर्मचारीको स्थायित्व सुनिश्चित गर्नुपर्ने
४.विनियमावली संशोधन गरी कर्मचारीको तहगत बढुवा गर्नुपर्ने
५. रिक्त दरबन्दीमा नयाँ ओ एण्ड एम गरेर मात्रै विज्ञापन खोल्नुपर्ने
६. दैनिक ज्यालादारी र सेसनमा नयाँ नियुक्ति बन्द गर्नुपर्ने