Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिभिल बैङ्कको साधारण सभा सम्पन्न

काठमाडौँ । सिभिल बैङ्कको नवौँ वार्षिक साधारण सभा पौष ६ गते अमृत भोग, कालिकास्थान डिल्लीबजार, काठमाडौँमा सम्पन्न भएको छ । उक्त साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७५–०७६ को मुनाफाबाट प्रतिसेयर ६.५७५ का दरले हुन आउने रू. ५२,५८,२२,७०१।५८ (अक्षरेपी बाउन्न करोड अन्ठाउन्न लाख बाईस हजार सात सय एक रूपैयाँ अन्ठाउन्न पैसा मात्र) नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । साथै, सभाले आ.व. २०७६–०७७को लेखा परीक्षण गर्नका लागि ल्द्यक्ः७ ब्ककयअष्बतभक लाई लेखा परीक्षकमा नियुक्त गर्नुका साथै सिभिल बैङ्क लिमिटेड र अन्य उपयुक्त बैङ्क तथा वित्तीय संस्थाहरू एक–आपसमा गाभ्ने–गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन ) गर्ने–हुने वा स्वदेशी–विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौता गर्नेलगायत प्रचलित नियम, कानुनअनुसार बैङ्कको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । सिभिल बैङ्कले आधुनिक प्रविधियुक्त बैङ्किङ सेवा तथा सुविधामा विशेष ध्यान दिँदै ग्राहक सेवालाई निरन्तररूपमा चुस्त, दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैङ्कले जनाएको छ । नेपालमै पहिलो पटक बचतकर्ताहरूले सात वर्षसम्मको अवधिको लागि समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा व्याजको एक्मुष्ठ रकमको लाभ पाउने एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको छ । हाल सिभिल बैङ्कको शाखा सङ्ख्या १०२ र एटीएम सङ्ख्या ७६ पुगेको छ ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल