Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । बारासहित देशका विभिन्न क्षेत्रमा बढिरहेको सुरक्षा संवेदनशीलता बढ्दै गएपछि प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन्। खासगरी नेपाली कांग्रेस र नेकपा एमालेले फागुन २१ को निर्वाचन प्रभावित हुन सक्ने आशंका गरिरहेका बेला सिंहदरबारमा सुरक्षा परिषद् बैठक राखिएको हो । बैठक बिहीबार दिउँसो सिंहदरबारस्थित सुरक्षा परिषद् सचिवालयमा बसेको छ । बैठकमा पछिल्ला घटनाक्रम, समग्र सुरक्षा स्थिति, निर्वाचनको माहोल र सुरक्षा संस्थाहरूको तयारीबारे समीक्षा हुँदैछ । बाराको सिमरामा बुधबारदेखिको झडप र तनावपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। एमालेनिकट युवा संघका कार्यकर्ता र ‘जेनजी’ समूहबीच भएको झडपपछि बुधबारदेखि कर्फ्यु लगाइएको छ। बिहीबार बिहानैदेखि जेनजी समूहले कारबाहीको मागसहित आन्दोलन चर्काएपछि कर्फ्यु अवधि राति ८ बजेसम्म थपिएको प्रशासनले जनाएको छ। सिमराको परिस्थिति र राजनीतिक दलहरूले उठाइरहेको शान्ति, सुरक्षा र विश्वसनीय निर्वाचन वातावरणबारेको चिन्ता बढेपछि प्रधानमन्त्रीले परिषद् बैठक डाकेकी हुन् । यसअघि बुधबार साँझ गृह मन्त्रालयमा सुरक्षाबारेमा प्रारम्भिक बैठक बसेको थियो।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल