Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हुँदा दुईजना घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइँदै छ । क्याप्टेन सुरेन्द्र पौडेल र भविन गुरुङ घाइते भएका हुन् । उनीहरुलाई सोलुखुम्बुबाट आएको सिम्रिक एयर र नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाएको बताइएको छ । माथिल्लो अरुण हाइड्रो पावरको सामान गोला भन्ने स्थानबाट सिप्रुङमा लैजाँदै गर्दा हेलिकप्टर भोटखोला गाउँपालिका–४ स्थित सिप्रुङमा दुर्घटना भएको छ । स्थानीयहरुका अनुसार हेलिकप्टरमा सवार छिरिङ भोटे सकुसल छन् । पंखा पहाडमा टोक्किएर हेलिकप्टर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
हेलिकोप्टरबाट हामफाल्दा सकुशल
संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना हुनुअघि त्यसमा सवार २ जनाले हाम फालेको खुलेको छ। संखुवासभाको भोटेखोला ४ मा शुक्रबार दिउँसो १ बजेर १० मिनेटमा भएको दुर्घटनाअघि हाम फालेका २ जना सकुशल भेटिएका हुन्। यसरी हामफालेर पनि सकुशल रहनेमा संखुवासभाकै चेपुवाका छिरिङ भोटे र सिम्रिक एयरकै कर्मचारी रहेका छन्। ती कर्मचारीको नाम खुल्न बाँकी छ। भोटेखोला गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष विकास तमाङले हाम फालेका दुवै जनालाई कुनै चोटपटक नरहेको बताए। उक्त दुर्घटनामा पाइलट सुरेन्द्र पौडेल र स्थानीय भविन गुरुङ घाइते भएका छन्। छिरिङ भोटे सोही गाउँपालिकाका स्थानीय रहेृको पनि वडाध्यक्ष तामाङले बताए।
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल