Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिरिन्ज आक्रमणकारी समातिए

काठमाडौं । काठमाडौं उपत्यकामा भएको श्रृंखलावद्ध सिरिन्ज आक्रमणमा संलग्नको आशंकामा नेपाल प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ३० वर्षीय सन्तोष कार्की छन् । उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले चाबहिल क्षेत्रबाट नियन्त्रणमा लिएको हो । काठमाडौं प्रहरी प्रमुख उत्तम सुवेदीले सिरिन्ज आक्रमणमा संलग्नको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको पुष्टि गरे । काठमाडौं उपत्यकामा भएको श्रृंखलावद्ध सिरिन्ज आक्रमणको घटनामा संलग्न एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौं, एसएसपी सुवेदीले बताए । काठमाडौं र भक्तपुरमा केही दिनअघि श्रृंखलावद्ध सिरिन्ज आक्रमण भएको थियो । बनेपामा पनि यस्तै प्रकृतिको घटना भएको छ । यसले सर्वसाधारणमा त्रास सिर्जना गराएको छ । तर, यी सबै घटना कसले र किन गरायो भन्ने खुल्न सकेको छैन । घटनामा संलग्नको आशंकामा प्रहरीले १ लाई नियन्त्रणमा लिएसँगै यसको तथ्य सतहमा आउने अपेक्षा गरिएको छ । पक्राउ परेका व्यक्तिलाई शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने महाशाखाका एसएसपी सहकुलबहादुर थापाले बताए ।

यसो भन्छन् आक्राण्मकारी : सिरिञ्ज होइन ढलान किला
महिलामाथि श्रृखलावद्ध शंकास्पद ‘सिरिञ्ज’ आक्रमण भएपछि आतंक मच्चियो । रोग सार्ने नियतले आक्रमण गरेको हुनसक्ने आशंकामा पीडित महिलाहरुलाई एचआईभीविरुद्धको एआरटी औषधी चलाइएको छ भने हेपाटइटिसविरुद्ध भ्याक्सिन पनि दिइएको छ । तर, आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ परेका व्यक्ति सन्तोष कार्कीले आफूले ‘सिरिञ्ज’ प्रहार नगरेको बयान दिएका छन् । साथै, उनले ढल्कु र पकनाजोल क्षेत्रको घटनामा आफ्नो संलग्नता पनि स्वीकार गरेका छन् । मैले सिरिन्ज हानेको होइन, ढलानको काँटीले घोचेको हुँ, पक्राउ परेपछि प्रहरी अधिकारीसँग बयान दिँदै उनले भनेका छन् । उनले आफूले मजाकका लागि घोचेको बताएका छन् । काठमाडौं प्रहरी परिसर, टेकुका एक अधिकृत भन्छन्, उनले रोग सार्ने नियतले आक्रमण नगरेको पनि बताएका छन् । प्रहरी अधिकृतले युवतीलाई आक्रण भएको क्षेत्रमा जडान गरिएका सीसी टीभीबाट फुटेज निकालेर अनुसन्धान थालेको थियो । त्यसकै आधारमा अनुसन्धान गर्दै जाँदा महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुको संयक्त टोली उनीसम्म पुगेको थियो । काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीका अनुसार कार्कीको महाराजगञ्जमा रेष्टुरेन्ट व्यवसाय छ । उनी केही समयअघि मात्रै वैदेशिक रोजगारीबाट फर्किएका थिए ।