Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । अस्वस्थ्य रहेको भन्दै उपचारका लागि काठमाडौं ल्याइएका कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई हिरासतमा राख्न पछिल्लो पटक लिइएको म्याद बुधवार सकिँदै छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ९ दिनअघि सिरोहियालाई उनको कार्यालयबाट नियन्त्रणमा लिएर धनुषा प्रहरीको जिम्मा लगाएको थियो । नागरिकता सम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत धनुषाले प्रहरीलाई तीन पटक ३,३ दिनको समय दिइसकेको छ ।
धनुषा प्रहरी प्रवक्ता रञ्जन अवाले सिरोहियालाई बिहीबार अदालतबाट म्याद थप हुने बताए । उहाँलाई भिडियो कन्फेरेन्समार्फत अदालतबाट म्याद थपिने छ, डीएसपी अवाले भने । उच्च रक्तचाप र मुटुको समस्या रहेको भन्दै स्थानीय अस्पतालले सिरोहियालाई काठमाडौं रिफर गरेको थियो ।
सिरोहियालाई हेलिकप्टरमार्फत धनुषाबाट काठमाडौं ल्याइएको थियो । अपवादबाहेक फौजदारी कसुरमा प्रहरीले पक्राउ गरेको बढीमा २५ दिनभित्र अभियोग पत्र दायर गरिसक्नुपर्ने कानुनी प्रचलन छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल