Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सिष्टाचारको समेत लत्याए

काठमाण्डौ । राजनीतिले सिष्टाचार लत्याईयो भने त्यो मुर्ख हुन्छ । व्यवहारमा शालिनता भएन भने महामुर्ख हो । सिष्टा त्यागेर अहंकार देखाउने पट मुर्खहरु त नेपालमा धेरै छन् । तीन पट मुर्खका नेता हुन नेकपा एमालेमा जुटेका नेता खड्ग ओली । उनलाई सघाउने ओली बाहेक अरुलाई प्रधानमन्त्री बन्न नदिने विद्या भण्डारी दास्रो विरंगना भएकी छन् । विद्याले संसदको हत्या गरेर अध्यादेशमा शासन गर्ने केपिले दिएको आदेश पालना गरिन् । संवैधानिक मर्यादाको ख्याल पनि गरिनन् । विद्या देशको राष्ट्रपति थिइन् तर उनको त्यो पदको गरिमा राखिनन् । उनका लागि पदिय मर्यादा र सिष्टाचारको समेत ख्याल गर्ने दम्बी र अहंकारले ग्रस्त केपि ओली नै सर्वेसर्वा भए । उनले सपथको भाषा समेत ख्याल गरिनन् । बर्हिगमनको बाटो लाग्दै गर्दा प्रम ओलीले आगन्तुक प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई पनि दिएनन् । सपथ ग्रहण कार्यक्रममा समेत सहभागी भएनन् । त्यहाँ पूर्व प्रमहरु प्रचण्ड, झलनाथ, बाबुराम, माधव सहभागी थिए । सिष्टाचारको कारण माधव सपथ कार्यक्रममा सहभागी हुँदा ओलीलाई रिस उठ्यो । आफ्नो टीम कुनै राजनीतिक नैतिकता र सब्यतामा हुन्थ्यो भने केपिले आक्रोश प्रकट गर्नु सुहाउथ्यो । तर उनी आफै अराजक, दमी, अहंकारी थिए । उनका लागि कानून लत्याउनु सामान्य भयो ।


सम्बन्धित समाचार