Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सीके राउतद्वारा आन्दोलन घोषणा

जनकपुरधाम । तराई केन्द्रीत क्षेत्रीय हिंसात्मक राजनीतिमा होमिएका डा. सीके राउत नेतृत्वको जनमत पार्टीले शान्तिपूर्ण राजीनीतिमा आएपछि आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । भ्रष्टाचार तथा दमनविरुद्ध भन्दै जनमत पार्टीले घोषणा गरेका आन्दोलन दीपावली तथा छठ पर्वलक्षित छ । कात्तिक १७ गते टोलटोलमा सरसफाइ गर्ने, १८ देखि २६ गतेसम्म राउतको जीवनी भिडिओ प्रदर्शन गर्ने एवं छठ घाटमा पर्वभन्दा अघि र पछि सरसफाइ गर्ने, कात्तिक २८ मा युवा दस्ता निर्माणका लागि हरेक वडामा प्रशिक्षक तोक्ने कार्यक्रम छन् ।

मंसीर ५ गतेसम्म दोस्रो चरणको कार्यक्रम गर्ने र सोहीदिन समीक्षा गरेर तेस्रो चरणको संघर्ष गर्ने राउतले बताएका छन् । पहिलो चरणको आन्दोलनको अन्तिम दिन आज नेता राज हैन, जनता राज, भ्रष्टाचारको अन्त्य र १० लाख रोजगारीका लागि सर्वपक्षीय जनआन्दोलन गर्ने विषयमा गाउँ(गाउँमा भेला आयोजना गरिँदैछ । कात्तिक ४ मा भ्रष्टाचार आरोपमा जनमतका कार्यकर्ताले जनकपुरस्थित संघीय खानेपानी तथा ढल निकास आयोजना प्रमुख राजेश्वर कुशवाहामाथि दुर्व्यवहार गरेका थिए । सो क्रममा १७ कार्यकर्तालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ ।

पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइ र केन्द्रीय सचिवालयमा तोडफोड तथा आगजनी गर्ने इन्जिनियरहरूमाथि कारबाहीको माग गर्दै जनमत पार्टी चरणबद्ध आन्दोलनमा उत्रिएको छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल