Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङसँग लामो फोन वार्ता गरेका छन्। वार्ताका क्रममा दुई नेताबीच एकअर्काको देश भ्रमणको निम्तो आदानप्रदान भएको छ। राष्ट्रपति ट्रम्पले आफूले निकट भविष्यमा चीन भ्रमण गर्ने योजना बनाएको बताएका छन् भने राष्ट्रपति सीलाई अमेरिका भ्रमणका लागि निम्तो दिएका छन्। चिनियाँ मिडियाका अनुसार ह्वाइट हाउसको अनुरोधमा दुई नेताबीच करिब डेढ घण्टा लामो फोन वार्ता भएको थियो। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा यो वार्ता मुख्यतया व्यापारमा केन्द्रित रहेको र नतिजा दुवै देशका लागि सकारात्मक रहेको उल्लेख गरेका छन्। उनले ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै आफू र राष्ट्रपति सी दुवैले एकअर्काको देश भ्रमणको निम्तो स्वीकार गरेको र श्रीमतीसहित भ्रमण गर्ने आशा व्यक्त गरेको बताए। यद्यपि, दुवै देशले अहिलेसम्म कुनै पनि भ्रमणको आधिकारिक पुष्टि भने गरेका छैनन्। चीनले जारी गरेको विज्ञप्तिमा ट्रम्पलाई चीन आउने निमन्त्रणा मात्र उल्लेख गरिएको छ, ह्वाइट हाउसको अमेरिका आउने निमन्त्रणाको उल्लेख छैन। चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार वार्ताका क्रममा राष्ट्रपति सी जिनपिङले अमेरिकाले चीनविरुद्ध चालिएका नकारात्मक कदमहरू फिर्ता लिनुपर्ने बताए। उनले चीनले सधैँ आफ्ना वाचाहरू पूरा गर्ने र दुवै पक्षले हालै जेनेभामा भएको सम्झौताको पालना गर्नुपर्नेमा जोड दिए। दुई देशबीच लामो समयदेखि व्यापार युद्ध चलिरहेको अवस्थामा यो वार्ता भएको हो। अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ सामानमा भारी कर लगाएपछि चीनले पनि जवाफी कारबाही गरेको थियो। यसैबीच, गत मे महिनामा जेनेभामा भएको वार्तामा व्यापार सम्झौतामा एकअर्काका उत्पादनमा लाग्ने भन्सार दर घटाउने भनिएको थियो। सम्झौताअन्तर्गत अमेरिकाले चीनबाट आयात हुने कतिपय वस्तुमा लाग्ने भन्सार दर १४५ प्रतिशतबाट ३० प्रतिशतमा र चीनले अमेरिकी वस्तुमा लाग्ने भन्सार दर १२५ प्रतिशतबाट १० प्रतिशतमा झारेको थियो। तर, दुवै देशले एकअर्कालाई यो सम्झौताको पालना नगरेको आरोप लगाउँदै आएका छन्। राष्ट्रपति ट्रम्पले यो सम्झौतालाई ‘पूर्ण रिसेट’ भनेका थिए।
२०८२ फाल्गुन २८
ताजा नेपाल
२०८२ फाल्गुन २८
ताजा नेपाल
२०८२ फाल्गुन २८
ताजा नेपाल