Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
समकालीन वामपन्थी राजनीतिज्ञहरूमा सीपी मैनाली र नारायणमान विजुक्छे परिपक्व र सिनियर व्यक्तित्व पनि हुन् । वर्तमान समयमा भीड उनीहरूसँग छैन । भीडको नेतृत्व गर्दैमा कोही पनि अनुभवी हुन सक्दैन । गत हप्ता राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन उद्घाटन समारोहमा नेकपा मालेका महासचिव तथा वर्तमान एमालेका संस्थापक महासचिव सीपी मैनालीले यो देश पृथ्वीनारायण शाह र बहादुर शाहपछि पछिल्लो चरणमा राजा महेन्द्रले रक्षा गरेको अभिव्यक्ति दिएपछि अहिले बहस सिर्जना भएको छ । २०४६ र २०६२÷०६३ को तथाकथित आन्दोलनले विदेशी शक्ति भिœयाएको तीतो सत्यलाई मैनालीले उजागर गरिदिएपछि विदेशीका कथित परिवर्तनकामी खेतालाहरू तिलमिलाउन पुगेका छन् ।
हो राजा महेन्द्रले भारतले कास्मीर, सिक्किम खाएको र पूर्वी पाकिस्तान विभाजन गरेर बंगलादेश निर्माणपछि पहिलो चरणमा नेपालको तराई गाभ्ने योजना थियो । यो योजना संकटकालका कारण असफल भएको कुरा रअका पूर्व निर्देशक आरके यादवले आफ्नो पुस्तक मिशन रअमा लेखेका छन् । पूर्वी पाकिस्तान विभाजन गर्न बीपी कोइरालाले चक्र बास्तोला र सुशील कोइरालामार्फत् हतियार नै पठाएका थिए भने कम्युनिष्ट ब्यानरको आवरणमा रअको जासुसी काम गरेका पुष्पलालले पूर्वी पाकिस्तान विभाजनलाई समर्थन गरेका थिए । पूर्वी पाकिस्तान विभाजनको विरुद्धमा माओ र चीन थिए । यता पुष्पलालले रअको जासुस बनेर काम गर्ने, नारामा माओ विचारधारा भनेर दिइरहेका थिए । उता बीपी कोइराला रअका तत्कालिन निर्देशक रामेश्वरनाथ कावको निर्देशनमा काम गरिरहेका थिए । रअका निर्देशक रामेश्वरनाथ कावको सहयोग र बीपीको सल्लाहमा वि.सं. २०३० को दशकमा नेपाल एयरलाइन्सको विमान अपहरण गरेर लुट्ने कार्य दुर्गा सुवेदी र गिरिजाप्रसाद कोइरालाले गरेका थिए । स्मरण रहोस् पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीका श्रीमान यिनै दुर्गा सुवेदी हुन् । यो कुराको खुलासा पत्रकार जगत नेपालसँगको अन्तर्वार्तामा गिरिजाप्रसाद कोइराला आफैंले गरेका थिए । बीपी, पुष्पलालमार्फत् रअले गर्न नसकेको काम माओवादीमार्फत् गरायो भन्दा अत्युक्ति हुने छैन । उक्त कार्यक्रममा सीपी मैनालीले १७ हजारको रगत प्रचण्डलाई छाद्न लगाउँदै थिए । यसकारण प्रचण्ड तिलमिलाउन पुगे ।
नेपालमा महेन्द्र विरुद्ध विष वमन गर्न रअ र सिआईले पत्रकार र तथाकथित बौद्धिक वेश्याहरूलाई विगतदेखिनै दानापानी दिएर परिचालन गर्दै आइरहेको छ । राजा वीरेन्द्रको हत्या गरेको सेना र यो गिरोहसँग यस्ता पत्रकार, बुद्धिजीवी र वकिलहरू जोडिएका छन् । एमसीसी जस्तो राष्ट्रघाती सम्झौताको पक्षमा खुल्ला रुपमा वकालत गर्ने भरातको आरएसएस मिशनसँग जोडिएका अरुण सुवेदी सञ्जालदेखि दरबार हत्याकाण्डको समयमा सैनिक सचिव रहेका सीआईको बौद्धिक शाखा कार्टर सेन्सरसँग आवद्ध विवेक शाहसँग जोडिएर पश्चिमाको काम गर्दै आइरहेका केशवप्रसाद भट्टराई जस्ता अनुचरहरू हरियो घाँसभित्र लुकेका हरेउ जस्ता हिन्दू र राजतन्त्रको व्यानरका महेन्द्र विरुद्ध अनर्गल विष वमन गर्ने पात्रहरू हुन् । यस प्रकारको प्रवृत्तिका मानिसहरू धेरै नै परिचालित भएका छन् । दृष्टि र जनआस्थाले उत्पादन गरेका तर अहिले बहुराष्ट्रिय कम्पनीका ठूला सञ्चार मिडियाहरूमा पुगेर आफूलाई असनको साँढे जस्तो सम्झने सेना र प्रहरीभित्र जोडिएका पत्रकार र लेखकहरूको ठूलो संख्या पनि महेन्द्र विरुद्ध र नेपाल राष्ट्र विरुद्ध हिन्दू धर्म संस्कृतिविरुद्ध विष वमन गर्न परिचालन गरिएको छ । तमाम विमतीका बाबजुद राजा महेन्द्रले राष्ट्र रक्षा गरेको कुरा खुलेआम बोल्न नहिचकिचाउने नेतृत्वमा सीपी मैनाली र वामदेव गौतम हुन् । धेरैजसो ढोंगी पाखण्डीहरू छन् । उनीहरू अनौपचारिक कुराकानीमा महेन्द्रले राष्ट्र रक्षा गरेको कुरालाई आत्मसाथ गर्ने तर सार्वजनिक रुपमा नबोल्ने र पाखण्डी बाँदरे लोकतन्त्रवादी हुनुपर्ने समस्या अधिकांशको रहेको छ । यसकारण सीपी मैनालीले दिएको अभिव्यक्ति यथार्थ र तीतो सत्य हो । अहिले पनि हिन्दू राष्ट्र र राजतन्त्रको व्यानरमा सेनाभित्रको रअ र पूर्व राजा ज्ञानेन्द्रका सचिवहरूले महेन्द्र विरोधी पत्रकार, बुद्धिजीवीहरू परिचालन गरिरहेका छन् । दीपेन्द्रले वीरेन्द्र मारे भनेर पूर्व प्रधानसेनापति गौरवसमशेर राणाबाट मोटो रकम लिएर पुस्तक र लेख लेख्ने पत्रकारहरू हुन् या माथि प्रतिविम्बि पात्रका रुपमा उल्लेख गरिएका बुद्धिजीवीहरू । वीरेन्द्र मार्ने सैन्य हेर्डक्वार्डर र पूर्व राजाका सचिवहरूका कारिन्दा हुन् । यस्ता पात्रहरूले कोमल ओली, कुमार फुदुङ, सूर्यबहादुर सेन वली, ऋषिराज बराललाई कमरेड र महेन्द्रको राष्ट्र रक्षाको कदम ठिक भन्नेहरूलाई राजावादी भन्न पनि पछि पर्दैनन् । आमाको क्रिया नगरी दरबारमा निवेदन हाल्ने युनिफिकेशन चर्चका वाम पादरी माधव नेपाल र चर्चमा बसेर मन्दिरमा आक्रमण गर्न लगाउने प्रचण्डलाई सीपी मैनालीको भनाई अपाच्य लाग्नु अस्वाभाविक होइन । सबैलाई चेतना भया ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल