Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सीमाको अध्ययन गर्दै नेपाली सेना

काठमाडौं । पछिल्लो समय नेपाल–भारतबीच सीमा विवादको विषय चासो र चर्चाको विषय बनिरहँदा नेपाली सेनाले सीमाको अध्ययन शुरु गरेको छ । नेपाली सेनाले करिब ३ महिना अगाडिदेखि नै सीमाको अध्ययन शुरु गरेको हो । रक्षामन्त्रीस्तरीय निर्णयको आधारमा पुराना दस्तावेज समेतको आधारमा सीमा नाकाको अध्ययन शुरु गरिएको बताइएको छ । नेपाली सेनाले सन्धी सम्झौता तथा नक्सा अध्ययन एवम् अनुसन्धान केन्द्र स्थापना गरी सीमा क्षेत्रको अध्ययन शुरु गरेको हो । सैनिक स्रोतका अनुसार पछिल्लो समय भारतसँगका सीमालाई लिएर बढिरहेको विवादका कारण विवादित सीमाको अध्ययन भइरहेको छ । रक्षामन्त्रीस्तरीय निर्णयाअनुसार १४ चैत २०७५ मा रक्षा मन्त्रालयले पत्र लेख्दै सेनालाई राष्ट्रिय सुरक्षासँग सम्बन्धित द्विपक्षीय र अन्तर्राष्ट्रिय सन्धि, सम्झौता, नक्सा एवम् अन्य महत्वपूर्ण दस्तावेजको अध्ययन गर्न भनेको थियो ।