Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सीमामा सशस्त्रको कडिकडाउ

काठमाडौं । सीमा नाकामा राजश्व चुहावट रोक्न सक्रिय सशस्त्र प्रहरी केन्द्रीय तहबाट गोप्य रिपोर्ट संकलन गर्दा सीमाका सशस्त्र प्रहरी कमाण्डरहरूको होस उडेको छ । सशस्त्र प्रहरीले उत्तर दक्षिण सीमा क्षेत्रमा गुमेका पिल्लर खोज्नेदेखि बनाउनेसम्मको दायित्व पाएको यो फौजप्रति सरकारले जिम्मेवारी थप्दै जाने आवश्यक पूर्वाधार बन्दोबस्तीका बारेमा गम्भीर नहुने स्थिति रहन हुन्न ।
सशस्त्रले पूर्वी नेपालको नेपाल भारत सीमा होस् वा उत्तरको सीमामा आफ्ुनो उपस्थिति जनाउँदा स्थानीयकै साथ लिएको छ । अहिले सीमा क्षेत्रबाट राजश्व बढेको बताइन्छ । सशस्त्रका कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका बाहिनी पतिहरूको समेत केन्द्रले निगरानी गर्न थालेपछि बाहिनी अन्तर्गतका गणहरू समेत निगरानीमा परेका छन् । कमाण्डबाट कमाण्डमा जान नपाइने भए पनि शक्ति र पावर भएकाहरूले त्यो नियम तोडेका पनि छन् । तर आईजीपी राजु अर्यालको कमाण्डले संगठनको तुस्तता यही रूपमा राख्न सके भने आफ्ना योजना पूरा गरे भने उपलब्धी ठान्नु पर्छ । सशस्त्रको सीमाको नेतृत्व एआईजीहरू चन्द्रप्रकाश गौतम, वंशी दाहालले गरिसकेका छन् भने अहिले नारायण दत्त पौडेृलले गरेका छन् । सशस्त्रको सीमा कमाण्ड बढी विवादित भएको शुरुको बेलामा हो । तस्करसँग मिलेर सुपारी, मरिच, छोडा, गेडागुडी छाड्ने, आलु–प्याज पक्रेर सीमा कडा गरेको देखाउने बहादुरले पनि मधेश प्रदेशको कमाण्ड गरेकै थिए । सशस्त्रको आन्तरिक संरचनामा अर्याल आएपछि धेरै सुधार भएको कुरा सडकको जवानले बताउँछ । नेतृत्वले जस पाउने यही हो । आज सशस्त्रले नेपाल भारत मात्र होइन उत्तरका चीनसँग जोडिएका पहाडी क्षेत्रमा समेत उपस्थिति जनाएको छ ।
उत्तरतर्फ भन्दा दक्षिणको सीमा क्षेत्रमा कुटनीतिक तहबाट लिएको साथले भारतीय सीम नाकामा दुवै पक्षबाट दशगजा मिचेर घर बनाउने, खेती गर्ने क्रम हटेको सशल्त्रले बताएको छ । सरकारले राजश्व चुहावट रोक्न सशस्त्रलाई नै जिम्मा दिएपछि नेपाल प्रहरीमा पनि सीमामा खटाइएका कमाण्डरहरू हेडक्वार्टरको निगरानीमा परेका छन् । सुरक्षा फौजको सक्रियता नै सरकारको सीमासम्बन्धी नीति कार्यान्वयन हुन्छ भन्ने कुरा दुवै फौजको नेतृत्वले बुझेरनै आफ्नो तहमा संस्थागत सुधार गरे भने संगठनको बदनामी घट्ने कुरा संकेतको रूपमा देखिएकोले सरकारले पनि सीमा तस्करी नियन्त्रण गर्ने योजना सफल हुने विश्वास गरेको हो ।


सम्बन्धित समाचार