Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सी जिनपिङको उदय, तेस्रो पटक जिम्मेवारी

एजेन्सी । सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् । बेइजिङको ग्रेट हल अफ द पिपुलमा भएको भेटवार्तामा उनले विश्वबिना चीनको विकास हुन नसक्ने र विश्वलाई पनि चीनको आवश्यकता रहेको प्रतिक्रिया दिएको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ । यसै क्रममा जिनपिङले आफ्नो नयाँ टोलीको घोषणा पनि गरेका छन् । उनले सबै विपक्षीलाई हटाएर आफ्ना विश्वासी व्यक्तिलाई प्रवेश दिएका छन् । तर कुनै पनि महिलालाई ठाउँ दिइएन । २५ वर्षमा पहिलो पटक चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोमा महिला छैनन् । यसअघि, सुन चुनलान पोलिटब्युरोको एकमात्र महिला सदस्य थिइन्, जो अहिले अवकाश भइसकेका छन्। सी जिनपिङले पोलिटब्युरोको स्थायी समितिका ७ सदस्यको नाम पनि घोषणा गरेका छन् । यसमा सी जिनपिङका साथै ली छ्याङ, झाओ लेइझी, वाङ हुनिङ, काई केई, ली सी र दिङ सुक्सियाङ पनि पर्छन्। ली छ्याङलाई नयाँ प्रधानमन्त्री बनाइएको छ । अक्टोबर २२ मा सी जिनपिङले तत्कालीन चिनियाँ प्रधानमन्त्री ली खछ्याङलाई पार्टीको नेतृत्वबाट हटाएका थिए । उनीसँगै थप तीन उच्च अधिकारीलाई हटाइयो ।