Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुजिता भण्डारी प्रकरण यस्तो अवस्थामा पुग्यो

काठमाडौं । चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृत फेला परेकी सुजिता भण्डारी प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा प्रहरीले सुजिताका ठुलो बुवाका छोरालाई पक्राउ गरेको छ । सुजिताको ठुलो बुवाको छोरा सुकदेव भण्डारीलाई पक्राउ गरेर आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सुर्यबहादुर थापाले बताएका छन् । नातामा सुकदेव र सुजिता दाजु–बहिनी हुन् । तर, उनीहरुको बीचमा प्रेम सम्बन्ध थियो । हाडनाता भित्रको सो अफेयर आत्महत्याको कारण बनेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । मृतकका परिवारले सुकदेवविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएका छन् ।
असार २० मा सुजिताको शव चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा फेला परेको थियो । घटनास्थलमा विषदीको बट्टा पनि भेटिएको थियो ।
काठमाडौंमा लिभिङ टुगेदर

सुकदेव काठमाडौंमा बस्थे । २०७७ फागुनमा काठमाडौं आएकी सुजिता दिदिकोमा १० दिन बसेर चितवन फर्केकी थिइन् । त्यसपछि चैतमा फेरि उनी काठमाडौं आइन् । रेष्टुरेण्टमा काम गर्ने सुकदेव र सुजिता काठमाडौंमा फ्ल्याटमा केही समय सँगै बसेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सँगै बस्न थालेपछि सुजिताले विवाह गर्न दवाव दिइन् । ‘बिहे गरौं नत्र मरिदिन्छु’ भनेर सुजिताले दवाव दिएपछि सुकदेवले उनलाई फकाएर चितवन पठाएका थिए । चितवन जानुअघि दाजु–बहिनीको बीचमा ‘अपहरण’ मा परेको कथा बनाएर सुटुक्क विवाह गर्ने योजना बनेको थियो । सो योजनाअनुसार सुजिता चितवन गइन् । ०७८ असारमा सुजिता फेरि काठमाडौं आउन खोजेकी थिइन् । सुकेदेवले मानेनन् । काठमाडौं आउने र विवाह गर्ने विषयमा झगडा गरेपछि सुकेदेवले सुजितालाई ‘मरे पनि फरक पर्दैन’ भनेर म्यासेज पठाए । झगडापछि घरबाट हिँडेको १० दिनपछि सुजिताको शव असार २० मा फेला परेको थियो ।
सुजिता र सुकदेवको परिवार दोलखाबाट चितवन झरेको थियो । करिब ३ वर्षदेखि उनीहरु गहिरो प्रेममा थिए । चितवनको राप्ती नगरपालिका–३ घर भएकी २३ वर्षीया सुजिताको भि–सेरा परीक्षणका लागि राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टमा पठाइएको छ । असार ११ मा बिहान ६ बजे घरबाट हिँडेकी सुजिताले त्यसैदिन दिउँसो दिदीलाई फोन गरेर आफु अपहरणमा परेको जानकारी गराएको परिवारले दाबी गरेका छन् ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल