Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । जेनजी प्रतिनिधि सुदन गुरुङले जेनजीले राखेका माग पूरा नभइकन निर्वाचन हुन नसक्ने बताएका छन्। लैनचौरस्थित स्काउटको जग्गामा खड्का ल्यान्ड प्रालिले बनाएका संरचना भत्काउन पुगेका गुरुङले जेनजीका माग पूरा हुनुपर्ने बताए। सबै जेनजी एउटै ठाउँमा रहेको र सबैका माग एउटै भएको जिकिर गरे। केही बाहेकका सबै जेनजीहरू एक ठाउँमा रहेको जिकिर गर्दै माग पूरा हुनुपर्नेमा जोड दिए। जेनजीका माग पूरा नभए अर्को आन्दोलन हुने चेतावनी दिँदै यसको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले लिनुपर्ने उनको भनाइ थियो। जेनजीका हरेक वार्तामा गृहमन्त्रीको संलग्नता रहेको र आफूलाई माग पूरा हुने विश्वास गृहमन्त्री अर्यालले दिएको पनि उनले बताए। ‘समग्र हामी जेनजी हरूको टिम एक ठाउँमा छ। एक–दुई जना तलमाथि हुनुहुन्छ। उहाँहरूलाई नै बोलाउँछौं, उनले भने। सरकारले जेनजीका माग पूरा गर्नुपर्ने उनको भनाइ थियो। माग पूरा नभइकन कसरी चुनाव हुन्छ ? यो सबै कुरा गृहमन्त्रीज्युले जिम्मा लिनुपर्छ, गुरुङले भने, उहाँ हामीसँग जंगीअड्डामा पनि सँगै हुनुहुन्थ्यो। राष्ट्रपति कार्यालयमा संविधानविद् भनेर चिनाइएको हो। माग पूरा हुन्छ, हुँदैन उहाँहरूलाई थाहा थिएन र ? जेनजीका माग पूरा नगरेमा धोका दिएको मानिने उनको ठम्याइथियो। गृहमन्त्री अर्यालयप्रति आक्रोष पोख्दै गुरुङले भने, गिरीबन्धुमा म लडेको हो भनेर कन्भिन्स गरेको मान्छे। यो सबै ९माग पूरा० भएन भने धोका दिनुभएको हो हामीलाई। अहिले आएर चुनाव चुनाव भन्नुहुन्छ।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल