Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
पोखरा । कोरोना महामारीले उग्र्ररुप लिए पनि अस्पतालमा पुगेका बिरामीहरु अक्सिजन नपाएर जिवन गुमाउन गरिरहेका छन् । राजनीतिक दलहरु सत्ता,स्वार्थ र कुर्सीको झगडा गरिरहेका छन् । माफीयाहरु बालुवाटारको आडमा नेपालले प्राप्त गर्न लागेको कोरोना विरुद्धको भ्याक्सीन खरिदमा कमिशन नपाएर भारतको पूणेमा पुगि कमिशन खोजिरहेका छन् । प्रधानमन्त्रीका विश्वास पात्र उपप्रधानमन्त्री इश्वर पोख्रेलसम्म जोडिएको यो काण्डले कम्युनिष्ट सरकारको बदनाम गरेको छ ।
पोखरामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६२ पुगेको छ । पोखरा महानगर १७ का ५३ वर्षीय पुरूषको वैशाख २६ गते बिहान ५स्३५ बजे गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ। उनलाई २० गते कोरोना संक्रमण देखिएको थियो । यस्तै रुपन्देही सिद्धार्थनगर नगरपालिका ८ का ६० वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा वैशाख २५ गते राति ११ ३० बजे मृत्यु भएको छ । उनलाई वैशाख २३ गते कोरोना स्क्रमण पुष्टि भएको थियो । यस्तै स्याङ्जा वालिङ नगरपालिका ३ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वैशाख २५ गते मृत्यु भएको छ । उनीलाई वैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरी वैशाख २५ गते पोखराको मेडिप्लस अस्पतालमा उपचाररत पोखरा महानगरपालिका ९ की ३१ वर्षीया कोरोना संक्रमित महिलाको राति ११ २२ बजे मृत्यु भएको छ । उनलाई वैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै म्याग्दी, मालिका गाउँपालिका ५ का ५८ वर्षीय पुरुषको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा वैशाख २४ गते साँझ ६ १५ बजे मृत्यु भएको छ । उनलाई वैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै पोखराको चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा स्याङ्जा गल्याङ नगरपालिका ३ की ६० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
उनलाई वैशाख २० गते कोरोना संक्रमण पुष्टि भएको थियो। यस्तै पोखरा महानगरपालिका २ की ५८ वर्षीया कोरोना संक्रमित महिलाको वैशाख २४ गते साँझ ६स्२५ बजे गण्डकी मेढिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ । उनलाई वैशाख २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। पोखरा महानगरपालिका २७ का ५२ वर्षीय कोरोना संक्रमित पुरूषको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा विहान ८ ३० बजे मृत्यु भएको छ । उनमा वैशाख २३ गते कोरोना संक्रमण देखिएको थियो । यस्तै पोखरा महानगर १९ का ५८ वर्षीय कोरोना संक्रमित पुरुषको वैशाख २५ गते मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा दिउँसो १ बजे मृत्यु भएको छ ।
पोखरा महानगरपालिका १२ की ३५ वर्षीया कोरोना संक्रमित महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा वैशाख २५ गते राति ९ ०५ बजे मृत्यु भएको छ। उनलाई वैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने कोभिड निमोनियाको पनि समस्या देखिएको थियो । पर्वतको कुश्मा नगरपालिका १३ का ४२ वर्षीय कोरोना संक्रमित पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा विहान ५ ५ बजे मृत्यु भएको हो। उनलाई वैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो साथै कोभिड निमोनियाको पनि समस्या देखिएको थियो ।
कैलालीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल र धनगढीकै निजी अस्पतालमा गरेर थप ६ जना संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–४ की ४५ वर्षीय महिला, वडा नम्बर १८ कि ५० वर्षीया महिला र कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ की ६० वर्षीया महिलाको शनिबार राति मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशिले जानकारी दिएका छन् । टीकापुर अस्पतालमा उपचाररत टिकापुर नगरपालिका–१ का ५० वर्षीय पुरूष र सोही नगरपालिकाका ५० वर्षकै पुरूषको मृत्युु भएको जोशीले बताएका छन् । धनगढीको एक निजी अस्पतालमा उपचाररत कैलालीको लम्किचुहा नगरपालिका–९ का ४३ वर्षीय पुरूषको पनि शनिबार राति मृत्यु भएको उनले बताएका छन् । यसअघि शनिबार नै कैलालीमा ९ जना संक्रमितको मृत्युु भएको थियो ।
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल