Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन्।
भेटका क्रममा सांसदहरूले सरकारले सुशासनका क्षेत्रमा अघि बढाएका कामलाई संसद्मार्फत जनतासम्म प्रभावकारी रूपमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए। साथै, आ–आफ्ना निर्वाचन क्षेत्रका विकास आयोजना, स्थानीय समस्या र सुदूरपश्चिमका प्राथमिकताका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
सांसद जनकसिंह धामीका अनुसार छलफलमा सुदूरपश्चिमको समग्र राजनीतिक अवस्था, विकासका चुनौती र सम्भावनाबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो।
त्यस्तै सांसद केपी खनालले गेटा विश्वविद्यालय सञ्चालन, धनगढी–खुटिया–दिपायल फास्ट ट्र्याक, कैलाली–कञ्चनपुरमा छाडा चौपाया व्यवस्थापन, विद्युतीकरण, सडक दुर्घटना न्यूनीकरण तथा तटबन्ध निर्माण लगायतका विषयमा देखिएका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइएको जानकारी दिए।
छलफलमा भन्सार व्यवस्थापन, आरक्षपीडितका समस्या, हुलाकी सडक, किसानका लागि धान खरिद–बिक्रीको व्यवस्था तथा दोधारा–चाँदनी क्षेत्रमा नदी कटान नियन्त्रण जस्ता विषय पनि उठाइएको थियो।
बैठकमा सांसद ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, कोमल ज्ञवाली, ज्ञानेन्द्र महता, जगत जोशी र केपी खनाल लगायतको सहभागिता रहेको थियो।
२०८३ श्रावण १९
ताजा नेपाल
२०८३ श्रावण १९
ताजा नेपाल
२०८३ श्रावण १९
ताजा नेपाल