Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुदूरपश्चिममा थप चिढियो एमाले

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज पनि विश्वासको मत लिने तयारी गरेका छन् । हिजो विश्वासको मत पाउने सम्भावना क्षीण भएपछि आजको लागि प्रदेश सभा बैठक आह्वान गरिएको छ । हिजो साँझ ५ बजे बोलाइएको प्रदेश सभा बैठक बस्दै नबसी स्थगित भएको थियो । ८ बजेको लागि बोलाइएको कार्य व्यवस्था परामर्श समितिको बैठक पनि बस्न सकेन । नेकपा एमालेले केन्द्रमा परामर्श नगरी र आन्तरिक छलफल नगरी मुख्यमन्त्रीलाई विश्वासको मत नदिने अडान लिएपछि हिजोको बैठक स्थगित गरिएको हो । आज साझ ५ः३० बजे विश्वासको मत लिने गरि प्रदेश सभा बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए । मुख्यमन्त्री सोडारीले आजको लागि बैठक सारिदिन सभामुखलाई आग्रह गरेका थिए । मुख्यमन्त्रीको आग्रह पछि विश्वासको मत लिने तयारी आजलाई सरेको हो। मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने तयारी गरिरहेका बेला नेकपा एमाले भने थप चिढिएको छ । शुक्रवारको बैठक पनि आफूहरूसँग सल्लाह नगरी राखिएको र शनिवार पनि परामर्श बिना नै मुख्यमन्त्रीले सारेको एमालेले संसदीय दलका नेता राजेन्द्र रावलले बताए । बझाङको उपनिर्वाचनबाट निर्वाचित एमाले उम्मेदवार दमन भण्डारीको शपथ नभएसम्म एमालेले विश्वासको मत नदिने बताएको छ । बझाङमा हाम्रो एक जना सांसदको बुवाको निधन भएको १५ दिन पनि बितेको छैन । उहाँले धनगढी आउन दिनुपर्दैन, रावल भन्छन्, कोही व्यक्तिलाई हतार भयो भन्दैमा हामीले छलफल परामर्श नगरी विश्वासको मत दिने भन्ने हुँदैन । हिजो तत्काल केन्द्रीय नेतृत्वसँग परामर्श नगरी विश्वासको मत नदिने बताएपछि तत्काल आजको लागि बैठक राख्दा पनि आफूहरूसँग छलफल भएको भन्दै रावलले भने, यसरी मननौजी गरेर हुन्छ । यो गठबन्धनको सरकार हो । सबै दलसँग सल्लाह गर्नु पर्छ । कसैले एकलौटी भन्दैमा विश्वासको मत दिने भन्ने हुँदैन । आज आफूहरू जिल्लामा नहुने भनेर मुख्यमन्त्रीलाई र सभामुखलाई जानकारी गराउँदा पनि विश्वासको मत दिनको लागि बैठक आह्वान गरेको प्रति उनले रुष्टता व्यक्त गरेका थिए ।