Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। आजै दल दर्ताको तयारीमा रहेको ऊर्जामन्त्री कुलमान घिसिङको समूह अन्योलमा परेको छ। जेनजीका अगुवामध्येका हामी नेपालका संयोजक सुधन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी सुमना श्रेष्ठसँग असमझदारी भएपछि दल दर्ता अन्योलमा परेको हो। आइतबार सुधनसँग दलको नाम फाइनल भएसँगै आज निर्वाचन आयोगमा दर्ताको तयारी थियो। ‘सुधनकै सहमतिमा जनसेवा पार्टीको नाममा दल दर्ता गर्ने तयारी थियो। तर आज कुरा मिलेन, घिसिङ निकट एक नेताले भने। सुमनाले पदाधिकारीमा महासचिव दाबी गरे पनि तत्काल कसैलाई पदाधिकारी नराख्ने भएपछि उनी पनि हटेकी छन्। योसँगै घिसिङ उज्यालो नेपाल नाममा दल दर्ता गर्ने र चुनाव चिन्ह चिम राख्ने पुरानै तयारीमा अघि बढ्ने भएका छन्। सुधन आफैं अर्कै दल दर्ताको तयारीमा लागेसँगै डिल ब्रेक भएको उनी निकट नेताले जानकारी दिए। फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको समयावधि ६ दिनमात्र बाँकी छ। घिसिङलाई समर्थन गर्दै आएको समूह उज्यालो अभियानले गत साउनमै उज्यालो नेपाल नामक दल निर्वाचन आयोगमा दर्ता गरिसकेको छ। सोही दलको नेतृत्व कुलमानले लिने गरी तयारी भइसकेको उनी निकट नेताहरु बताउँछन्।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल