Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुधाका दिदी–भाइले ठग्नु ठगे,  अमेरिका पठाउने भन्दै लुट्दै

मेरो सम्बन्ध नासाको वैज्ञानिकहरूसँग छ । नागमणिको व्यापार हो । नासाकै मान्छेले अमेरिकाका विभिन्न कम्पनीमा सयौं नेपालीहरूलाई काम लगाइदिएका छन् भन्ने आशा देखाएर सैयौं नेपालीको विचल्ली बनाउने काठमाडौं महानगर वडा नंं. ३ की सुधा बस्नेत र उनका भाई विमल सिंह कारबाहीमा किन पर्दैनन् ? उनीहरूबाट ठगिएकी एक महिलाले श्रम तथा रोजगार मन्त्रीसमक्ष २०७९ मंसिर १८ गते उजुरी दिइन् । मन्त्रीले सचिवालयलाई आदेश दिए । तर ठग दिदीभाइ पक्राउ परेका छैनन् । उनीहरूबाट ठगिएका धादिङका राजकुमार भारती, बैतडीका राजेश उपाध्याय, प्रतिक्षा गुरुङ, पूर्णबहादुर परियार, निशा पौडेल, अवतार लामा लगायत पीडितहरूले कहाँबाट न्याय पाइएला भन्दै भौतारिएका छन् । यो टोलीले पीडित मध्येकै एक जनासँग गरेको कपाली तमसुकमा १० लाख अमेरिका जानु अघि लिएर अमेरिकामा काम थालेपछि रु २ लाख दिनु पर्ने प्रतिबद्धता जनाएको कागज समेत श्रम तथा रोजगार मन्त्रालयमा पुगेको थियो । २०७५ श्रावणमा गरिएको त्यो कागज मन्त्रीले पढे पनि मन्त्रालयले पीडितलाई न्याय दिएन । पीडित मध्येबाट जिल्ला प्रहरी कार्यालयले ०७७ कात्तिक ७ गतेको उजुरी अनुसार पक्राउ गर्न प्रहरीलाई दिएको आदेश समेत प्रहरीले नै कारबाही गरेन । निरिक्षक थमनबहादुर खत्रीले पीडितको उजुरीअनुसार पक्राउ गर्न दिएका आदेशपछि सुधाका भाइ विमल सिंहले पीडितलाई धम्क्याएका छन् । यो टोलीले बैतडीका राजेश उपाध्यायको डल्लुस्थित घर समेत खाइदिएपछि राजेश मानसिक रूपमा विरामी भएका छन् । व्यक्ति अनुसार १०÷१५÷२५÷३० र ५० लाखसम्म असुलेका सुधाका दिदीभाइको ठगीबाट बागबजारमा सटिङसुटिङ पसले पनि पीडित छन् । पीडितले कानुनसम्वत उजुरी दिन्छन् मन्त्री, सचिवलाई आदेश दिन्छन्, सचिव उजुरी थन्क्याउँछन् तिनै सचिव प्रशासनमा अब्बल ठहरिने ठगहरूको देशमा सुधाका दिदी भाईको लिला कस्तो वर्णन गर्ला प्रतिक्षा गर्नैपर्छ ।