Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुधार्ने भन्दाभन्दै जाने भए सर्वेन्द्र

काठमाडौं । आफ्नै संगठनको भद्रगोल सुधार्ने भन्दा भन्दै आईजीपी सर्वेन्द्र खनाल माघ २८ गते बिदा हुने भएका छन् । प्रहरीमा व्यापक सुधार भएको पनि छ । ठूला अपराधी धमाधम पक्राउ परेका छन् । उनका ब्याजी मध्येका ठूले राई राष्ट्रिय विपत व्यवस्थापनमा जाने भन्दै छन् । तर उनी आफू कुम्ल्याउने खर्च नगर्ने भएकाले गृहसचिव प्रेम राईको भर पर्दा यो न ऊ हातभरि… हुने स्थिति छ । चुनाव सकियोस् अनि मेट्रो र सिआईबीका डिआईजी फेर्ने दाउमा आईजीपी छन् । तर उनैलाई चलाउने रिमोट कन्ट्रोलले तत्काल निर्णय लिएको खण्डमा केही लाग्दैन । मेट्रामा डिआईजी विश्व पोखरेलको सम्भावना बढी छ । उनले मेट्रो बुझेको कुरा आईजीपीको सचिवालयले समेत बताउने गरेको छ ।

फौजदारी कानुनले यिनलाई पनि छाड्ने
नेपाल प्रहरी राजनीतिक दबाव र कवाफमा चलेको संगठन भए पनि अहिले पेशामुखी बन्ने अवसर पाएको छ । आईजीपी बन्नका लागि दौडधूप गर्ने ब्रिफकेश बुझाउने ठेकेदार र तस्करहरूसँग साँठगाँठ गर्नु पर्ने वातावरण घट्दैछ । तत्कालिन माओवादीका कारण आईजीपी सर्वेन्द्रले ब्रिफकेश बुझाउन परेन । प्रहरीमा निरीक्षक, डिएसपी, एसपी, एसएसपी पदसम्म कुम्ल्याउने डिआईजी भएपछि शुद्ध देखिने चलन रहेछ । सोझो औंलाले घ्यू आउँदैन भने जस्तै अहिलेको नेतृत्व वरपरका उच्च तहका अधिकृतहरूले मौकामा बोटलेर अहिले रूप फेरेका मात्र हुन् । शुद्धता प्रहरीमा खोजेर पाइँदैन । राजनीतिमा त छँदै छैन ।

अहिले प्रधानमन्त्री केपी ओली कति शुद्ध छन् ? उनका मण्डलीहरूले राष्ट्रिय गौरवका आयोजनाहरूमा गरेका नीतिगत भ्रष्टाचारमा अख्तियारले खबरदारी गर्न नसके जस्तै आईजीपी सर्वेन्द्र खनालले राजनीतिक पहुँचका आडमा जिल्लाको नेतृत्व गरेका, गृहसिचव प्रेम राईका आडमा कमाण्डर भएकाहरूलाई ठूलो डाँकोले हकार्न कठिनै पर्ला । जहाँसुकै नेतृत्व लिनेले अहिले जतिसुकै कालो मन चुत्याई चरित्र देखाएर समृद्ध संगठन हुँदैन भन्ने पनि बुझ्नु पर्दछ । उदार छाती, स्वच्छ विचार सरल व्यवहार नेतृत्वमा चाहिन्छ । सुन तस्कर दीपक मलहोत्राको कुहिएका बुटको भुक्तानी गर्न बाध्य पारे जस्तै राजमान मिश्रका सडेका सामान जबर्जस्त जवानहरूलाई भिडाउने दुस्साहस अब प्रहरीमा नगरे राम्रो । व्यवसायी प्रहरी हाकिमहरू माघमा घर जाँदैछन् । कमाईले पुष्टिएकाहरू दौडधूप गर्दैछन् । सबैलाई थाहा छ प्रहरीको प्रबन्धमा ल्याइएका डिआईजी श्याम खड्का नेपाल प्रहरीमा बदनाम हुन् । आईजीपी खनाललाई दाग लगाइन्छ भने यिनकै व्यवहारले लाग्छ । खड्का आईजीपीकै व्याजी हुन् । निरीक्षक पददेखिनै नेपाल प्रहरीमा बदनाम हुन् । यस्ता पात्रलाई कसको दबावमा आईजीपीले प्रबन्धमा ल्याए ? शंका यहाँ छ ।

अहिले नेपाल प्रहरी जागेको छ । जुवा अखडा ताकेको पनि छ । राजनीतिक संरक्षणले दबेका रौतहटका दुई ठूला जघन्य अपराधमा पिल्सिएका जनताको आवाज सुन्ने आँट मात्र प्रहरीले गरोस् ३३ किलो सुन प्रकरण हुँदै निर्मला पन्त बलात्कार र हत्याको पेटबोली आफैं खुल्दै जान्छ । निर्मला पन्त हत्यामा जोडिएका शंकास्पद दुई किशोरीमाथि भीम रावलका कारण छानविन भएको छैन । जुन घरमा निर्मलाको आउ जाउ थियो त्यो घर र त्यहाँ जोडिएका दुई युवतीसँग सम्पर्कमा रहेका सेना र प्रहरीका उच्च तहका हाकिमहरूलाई छानविन नगर्नु नै राजनीतिक ढाकछोप थियो ।

तत्कालिन एसपी दिलिपि विष्ट पनि त्यो बलात्कारको पाटोका सहभागी हुन् । गुण्डाका नाउमा तत्कालिन एमाले नेतृत्वको निर्देशनमा दिनेश अधिकारी चरी र कुमार श्रेष्ठ घैंटेलाई मारे जस्तो नेकपा चन्दका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेललाई मारिएकोमा प्रहरीले छूट पाउँदैन । पौडेलको हत्यामा सहभागी निरीक्षक कृष्णदेव साह, हवल्दार विनोद साह, सत्यनारायण मिश्रमाथिको कारबाही फौजदारी अपराधसँग जोडिएको छ । चरी र घैंटेको हत्या गर्दा हालका एआईजी पुष्कर कार्की र आईजीपी सर्वेन्द्र खनालले बाइवाइ पाए । यिनले लगानी बिना शेयर खोज्ने मासिक उठाउने ठेक्का पट्टामा कमिशन खोजेर पीडा दिएको जमात ठूलो थियो । ११ वर्षे बालक निशान खड्काको अपहरण गर्दा व्यवसायी प्रहरी हाकिमहरूबाट गोपाल तामाङ र अजय तामाङको गोली हानी हत्या भयो । मनोज पुन, सोमबहादुर आलेलाई भारतबाट ल्याएर मारिएको हो । सप्तरीका दिपेन्द्र चौधरी पनि मारिए ।

फौजदारी कानुन अनुसार अब छानविन साँच्चै हुने हो भने दिनेश अधिकारी चरीलाई आत्मसमर्पण भएपछि मारिएको हो । कुमार घैैंटेसँग त्यो बेला साथमा हतियार नै थिएन भन्ने कुरा बुझ्छ कसले ? अहिले राजनीतिक घामटहरू धामधम खोरमा पर्दैछन् । अपराध दबाउन प्रहरी कसरी लाग्छ भन्ने कुरा त रौतहटका हिटलर मोहम्मत आफताब काण्डमा तत्कालिन प्रहरी नेतृत्वले बुझ पचाएको यथार्थले झल्कायो । जहाँ महान्यायाधिवक्ता समेत तानिने अवस्था छ । पुरुषार्थको प्रदर्शन गर्न परस्त्रीको पछि लाग्दा मिर्जा दिलसाद बेगको हत्या गर्न अपराधी सफल भए । जनयुद्धकालमा दाङमा परमेश्वर सिजापति जस्ता प्रहरी हाकिम पनि मारिए । मिर्जा र र जमिम शाहलाई भारतीय रअद्वारा मारिएको हो । अहिलेको राजनीतिक चरित्र प्रम ओलीका विश्वासपात्रहरू उनकै आडमा कृपासुर शेर्पा चोखो होलान् तर फौजदारी करामत यिनले गरेकै छन् ।

उपेन्द्र यादवले २७ जनालाई मारेर लासको खलियो लगाएको अवस्थालाई फौजदारी कानुनले कहिले छुन्छ ? प्रहरी नेतृत्वले बुझे हुन्छ । ओलीको जोड माओवादीलाई नांगो बनाएर एमालेलाई बचाउने रहेको छ । प्रहरीभित्र एमालेकै दबदबा छ । जो माओवादीको आडमा रमाएका छन् तिनले अप्ठ्यारो पर्दा माओवादीलाई सघाउने छैनन् त्यो सत्य गृहमन्त्री रामबहादुर थापाले पनि बुझे हुन्छ । किनकि कृष्णबहादुर महरालाई जबर्जस्त फसाउन गृहमन्त्रीले जयनुद्धकालीन रिस पोखेका छन् भने एमालेको केपी ब्राण्डको संयोजनमा अमेरिकी स्वार्थको मिलिनियम च्यालेन्ज कर्पोरेशन सम्बन्धी विधेयक संसदमा पेश नगर्दाको फल अग्नि खरेल, सुभाष नेम्वाङ, माओवादी कित्ताका ओनसरी घर्ती, शक्ति बस्नेत, वर्षमान पुन र जनार्दन शर्माहरू भारत र अमेरिकी फण्डमा कसरी उपयोग भए ? प्रहरीले अनुसन्धान गरे थाहा पाउँथ्यो । जहाँ वानेश्वर प्रहरीले जबर्जस्त कागज गराएकी रोशनी शाहीले बताइरहेकी छिन् ।