Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । काँग्रेसभित्र चर्किएको अन्तरकलहले १५औं महाधिवेशनको तिथि, मितिका बारेमा बहस चर्काउँदा विशेष महाधिवेशनलाई अन्योल बनाएको छ । विधानत ३५ प्रतिशत महासमिति सदस्यले माग गरेपछि नेतृत्वले त्यो आवाज सम्बोधन गर्नुपर्छ । तर पार्टी संस्थापनले मंसिरमा महाधिवेशन गर्ने कुरालाई पनि बहुमतको आडमा पेल्दैछ भने पार्टीभित्रको प्रतिपक्ष र महामन्त्रीद्वयको प्रस्ताव पनि मेल खाँदैन ।
युवा पुस्ताको नाउमा काँग्रेसमा चयन गर्दै आएको शक्ति समेत आलोचित छ । त्यो शक्ति भित्र दलाली र माफियाकरणले ग्रस्त अनुहार बढीरहेका छन् । भातृ संगठनहरूको नेतृत्व चयन गर्न नदिने टिके प्रथाबाट आफ्नो स्वार्थ पूरा गर्नेहरू काँग्रेसमा धेरै छन् । त्यही कारण स्वार्थले हरेक एजेन्डामा असर गर्ने गरेको छ । महामन्त्री गगन थापा उल्का नभएर आफू भन्दा अग्रजहरूप्रति ख्याल राख्न सकेको भए आज काँग्रेसभित्रको महाधिवेशन समयमा गर्नुपर्छ भन्ने र आलटाल गर्नेबीचको द्वन्द्व चर्कने थिएन ।
काँग्रेसभित्रको द्वन्द्वलाई चर्काउन डा. शेखर कोइराला चाहँदैनन् । बरु उनले अध्ययनकर्ताको भूमिका पचाएका छन् । जुन काम पूर्व पदाधिकारीको हो । विशेष हुँदैन भने मंसिरको सट्टा पुसमा महाविधेशन गरौं भन्ने महामन्त्रीद्वयले नै क्रियाशील सदस्यता वितरण र स्वीकृति काम कति गरे त्यो खुलेको छैन । पुसमा महाधिवेशन गर्न कात्तिकको ६ दिन मंसिरको एक महिनाभित्र सदस्यता रुजु गर्न सकिएला । तर अधिवेशन गर्नु पर्ने विद्यार्थी, तरुण, महिला, किसान, मुस्लिम संगठनहरूको पनि नेतृत्व चयन गर्नु पर्ला ? महाधिवेशन सम्पन्न भएको ३ महिनाभित्र गुर्नपर्ने विभागहरूको मनोनयन अझै बाँकी छ । सभापतिले गर्ने केन्द्रीय सदस्यहरूको मनोनयन पनि बाँकी राखेर प्रजातन्त्रको राग अलाप्न काँग्रेसले कसरी सक्छ ? प्रजातान्त्रिक पार्टी भित्रै प्रजातन्त्रको रंग नदिने त्यो काँग्रेसलाई युवा महामन्त्रीहरूले पनि सुधार्न सकेनन् । अहिले काँग्रेस यथास्थितिको बन्दी भएको छ । पूर्व पदाधिकारीहरू यो कुरामा दोषी छन् । संस्थापनको सेवकहरू कृष्ण सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, डा. शशांक कोइरालाहरू आज धर्तीको बोझ बन्दैछन् । उनीहरूले विवाद मिलाउने हो जुधाउने होइन । जेनजी पुस्ताको आन्दोलनले मुलुकका राजनीतिक दलहरूको पुरानो स्वरूप बदल्नु पर्ने बाध्यता भएको छ । सरकारमा रहँदा भ्रष्टाचारमै केन्द्रीत हुने नेताहरूले जनताको सेवा, देशको हित गर्नेतर्फ ध्यानै दिएनन् । सभापति पदमा शेरबहादुरको दुई कार्यकाल काँग्रेसले गिरेको शाख फर्काउन सकेको छैन । देउवालाई प्रधानमन्त्री पाए पुग्छ । श्रीमती आरजु राणालाई घुस उठाउन पाए पुग्थ्यो । देशका युवाहरू नक्कली भुटानी शरणार्थी बनाएर पैसा खाने र भिजिट भिसाका नाउमा लुट्ने काम काँग्रेसले गरेको छ । एमालेसँगको संगतले बिग्रेको काँग्रेसको संस्थापनमा अब पार्टी अडिन्छ भन्ने छैन । देशको पुरानो पार्टी काँग्रेस हिजो कस्तो थियो । नेता कस्ता थिए आज कस्ता छन् । कार्यकर्ताको चाहनालाई नेताले ख्यालै गरेनन् । विद्रोह त्यही छ ।
आज काँग्रेसका युवाहरू काम विहीन छन् । भ्रष्टाचार, तस्करी, विकृतिका विरुद्ध युवाहरू सडकमा आए । एमाले अध्यक्ष केपी ओली जस्तो अहंकारीसँग मिलेर काँग्रेसले प्राप्त गरेको उपलब्धी डा. आरजुको रक्षा बाहेक केही थिएन । तत्कालिन सरकारका बदनाम मन्त्री हटाएको भए देउवा दम्पत्तिले कुटाई खाने थिएनन्, गोदामको पैसामा आगो लाग्ने थिएन । मुलुक लुट्न ठेक्का पट्टा मात्र हस्तक्षेप होइन कर्मचारी सरुवा, राजदूतको छनोट, न्याय सेवाको भर्ति गर्दा रकम असुल्ने काम डा. आरजुले गरिन् । स्थानीय तह संसदमा उम्मेदवार बन्नेसँग पनि पैसा उठाउन लाज नमान्ने रामचन्द् पौडेल राष्ट्रपति भए भने शेरबहादुर पत्नी डा. आरजुको शैलीको के व्याख्या गर्नु ? तर पनि लाज छैन ।
राजनीति देश लुट्न र नेता धनी बन्न गरिँदैछ । राष्ट्रको स्वाभिमानको रक्षा गर्दा छिमेकीको आदेश कुर्नु पर्दैन । एमालेको ओली पथ भ्रष्टाचारको महारोग हो भने डा. आरजुको लुट कुष्टरोग सरी हो । देशका घातक तत्वलाई मन्त्रीबाट हटाउन नचाहने देउवाले व्यक्ति व्यक्तिका स्वार्थका मन्त्री बनाएका थिए । आज काँग्रेस आफू सुध्रिने अरुलाई सुधार्नु पर्ने अवस्थामा छ । तर लडाइँ चुनावअघि महाधिवेशन कि पछि भन्नेमा चर्को छ ।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल