Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुनको पार्टीको फरमानमा मलहोत्रा

भ्रष्टाचार र बेथितिको अन्त्य गर्न ठूला माछा पक्राउ गर्न शुरु भएको महाअभियानमा नेकपा एमाले विरोधी हुँदैन भन्ने एमाले जनहरू भूटानी शरणार्थी प्रकरण देखिनै सरकारको उग्र विरोध गर्दैछन् । सभामुख एमालेका भएकाले संसदमा प्रश्नमाथि प्रश्न गर्न रघुजी पन्त, योगेश भट्टराईहरू तम्सेकै छन् । प्रधानमन्त्रीले रोष्टममा बोल्दै गर्दा रोकेर एमाले सांसदलाई स्थान दिने तथा प्रधानमन्त्रीले बोलिसकेपछि फेरि प्रतिपक्षी दलका नेतालाई प्रश्न गर्ने अवसर दिने संसदीय नौलो अभ्यास पनि सभामुख देवराज घिमिरेले प्रदर्शन गरिसकेका छन् । सभामुखले देखाएका यस्ता पहिचान पनि संसदीय गरिमा बढाउने खालकै छन् । एमाले सोनाको पार्टी भएको दाबी गर्ने कृष्णगोपालहरू जागेकै छन् ।
सरकारले एकपछि अर्को गर्दै थालेको कारबाही प्रकरणप्रति चिन्ता प्रकट गर्ने एमालेलाई आफ्नो एक दर्जन कुकर्म छानविन नहोस् भन्ने छ । पशुतिको जलहारी काण्डको भित्रि रूप देखियो । जलहारीमा लागेको सुन राज्यले दिने नाम केपी र विद्याको लेखिने यस्तो पवित्र काम नेपाल ट्रष्टको जमिन भाडा, राष्ट्रिय निकुञ्जको जमिन कब्जा, वाइडबडीको भुक्तानी, सेक्युरिटी प्रेस खरिद पशुपति धर्मशाला भाडा काण्ड, झापाको गिरीबन्दु टि स्टेट जस्ता राम्रो काम एमालेले गरेकै छ । महंगी नियन्त्रण, भ्रष्टाचार नियन्त्रण एमालेको जिम्मामै थिएन । केपीलाई दुःख छैन, थिएन र हुँदैन पनि यी नयाँ अवतारी हुन् । जसले आफू र आफ्नो गुटबाहेक पार्टीमा अरु पनि कार्यकर्ता नेता छन् भन्ने बुझेनन् र बुझ्दैनन् । एमालेमा कार्यकर्ताको निराशा, बेचैन कति छ केपीलाई चासो हुने अवस्था भएन । एकीकृत पार्टी विभाजन गर्ने मुल पात्र केपी ओली नै हुन् भन्ने कुरा त उनले आफू प्रम बन्दा माधव र प्रचण्डलाई तड्पाएको अवस्था नै काफी छ । काँग्रेसले काम गर्दा रोक्ने हो भने घुसखोरी बढ्न दिए हुन्छ, बेथिति एमालेका पालामा कति छन् ? स्थानीय तह भ्रष्टाचारको केन्द्र भएका छन्, जहाँ एमाले हामी ठूलो पार्टी भन्छ जनप्रतिनिधिको भ्रष्टाचार छानविन होस् भन्दैन । सहकारी डुबाउने धेरै एमाले छन्, मिटरब्याजको विधेयक जुनदिन सदनमा प्रस्तुत हुँदै थियो त्यही दिन संसद अवरुद्धपार्न एमाले सक्रिय भयो । भारतीय मुलका व्यापारी पृतम सिंहसँग प्रचण्डको सम्बन्ध पारिवारिक रहेछ त केपीको पनि नभएको होइन । ४१ महिना केपीले शासन गर्दा पृतम सिंहसँग केपीको भेट भएन भन्न सकिँदेन । किनकि केपीका मोती दुगडले २५० व्यापारी जम्मा पारेर बालुवाटार छिराएर सबैलाई एमाले बनाएकै थिए । यस पटक दिपक मलहोत्राको बहादुरी पनि छाएकै छ । कर छल्ने सिमेन्ट, डण्डी उत्पादन गर्ने विद्युत महसुल नतिर्ने व्यापारी एमालेका कति छन् ? जसले लोड सेडिङको बेलामा पनि विजुली प्रयोग गरे ।
काम गर्नेलाई खेदेर प्राधिकरणमा हृदयेश शाक्यलाई कार्यकारी बनाएर लोडसेडिङ हटाउने भन्दा बढाउने विद्युत चुहावट चम्काउनेसँग मिलेर हजम गर्ने राधा ज्ञवाली केपी गुटकै थिइन् । प्रत्येक सरकारमा प्रभाव पार्ने राजश्व घटाउने विनोद चौधरीलालाई पहिले सांसद बनाउने केपी ओली नै थिए । अग्रवाल, दुगड जस्ता राजश्वमारासँग अवश्य एमालेको सम्बन्ध छ । कम्युनिष्टलाई कमाउनिष्ट बनाउने विदेशी डलर लिएर देशको सूचना बेच्ने काम प्रचण्डले गरेकी केपीले ? जनआन्दोलनका विरोधी, बयल गाडाप्रेमी, दरबारका भक्त बन्न लाज भएन । गणतन्त्र ल्याउन १० वर्ष जनयुद्ध गरेको शक्तिलाई अन्तर्राष्ट्रिय अदालत हेगको धम्की दिने ओलीको छौडा कानुन विद् बनेर कति चम्कने हुन् । कानुनका पारखी सुभाष नेम्वाङ, रघुजी पन्त, योगेश भट्टराईले संसदीय नियममावली कति पढे ? यिनले प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरेको कि केपीका अगाडि स्याबासी पाउन क्षमता देखाए भोलि बेला आएपछि पर्दाफास हुनेछ । मलहोत्रा त केबल चटकी मात्र हुन् भित्रभित्रै उनको खेल चर्को छ ।
जनताबाट एमाले मात्र निर्वाचित भएको होइन माओवादी पनि निर्वाीचत भयो होला । संख्यात्मक रूपमा एमाले ७७ जना मा २ जना पौरखी निलम्ब्नमा परेका छन् । टोपबहादुर र लक्ष्मी कोइरीको पौरख राम्रै थियो, रायमाझी जेल गए, लक्ष्मीको फौजदारी अभियोग हुँदा पनि संसदमा विदा जनाउने प्रयास एमालेले गरेकै थियो । सरकारले यिनलाई थुन्दा केपी ओली थर्कमान भए । जसले नक्कली भुटानी शरणार्थीको थालनी आफैंले गरेको गौरवका साथ भनिरहेका छन् । पानी जहाज, घरघरमा ग्यास पाइप, एमालेको विकासे योजना घोषणापत्रमै थिएन । जनताको जमिन सिञ्चाई नभएर बाँझै छ भ्यूटावर निर्माण भएकै हो । यिनको समयमा राष्ट्रवादको ऐलान जति गरे पनि कृषकले आफ्नो वस्तुको उचित मूल्य पाएको थिएन । अरुलाई भन्दा आफ्नो अनुहार ऐनामा हेर भनेको त्यही हो ।