Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुनको भाउमा नयाँ रेकर्ड

काठमाडौं । सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ। शुक्रबार सुन तोलामा ७०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३९ हजार ३०० र तेजाबी सुनको भाउ प्रतितोलमा १ लाख ३८ हजार ६५० रुपैयाँ पुगेको छ। बिहीबार छापावाला सुन प्रतितोला १ लाख ३८ हजार ६०० रुपैयाँमा खरिद बिक्री भएको थियो। यसअघि सुनका भाउ प्रतितोला १ लाख ३९ हजार २०० रुपैयाँसम्म पुगेको थियो। शुक्रबार सो रेकर्डलाई तोड्दै नयाँ रेकर्ड कायम गरेको हो। यस्तै शुक्रबार चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ७२० रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ।