Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुनको भाउ बढ्यो

काठमाडौंं । ऐतिहासिक रेकर्ड कायम गरेको सुनको मूल्य घटबढ हुनेक्रम जारी छ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। अघिल्लो कारोबार दिन स्थिर रहेको सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख चार हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख चार हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बुधबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा किनबेच भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।