Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुनको भाउ लाख नाघ्यो

काठमाडौं । लगातार उकालो लागेको सुनको मूल्य बुधबार एक लाख कटेको छ। मंगलबार ९९ हजार ८ सयमा कारोबार भएको सुन आज एकै दिन १६ सयले बढेर १ लाख १ हजार ४ सय पुगेर ऐतिहासिक रेकर्ड कायम गरेको हो।
यसअघि सुनको मुल्यले मंगलबार नयाँ रेकर्ड कायम गरेको थियो। पछिल्लो समय सुन अनपेक्षित रूपले बढ्दै गएको छ। आज चाँदीको मूल्य १२ सय ९५ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ। चाँदी अघिल्लो दिनको तुलनमा बुधबार ६५ रुपैयाँले बढी छ। मंगलबार चाँदी १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ। सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढिरहेको छ। विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ का कारण सुनको मूल्यमा असर परेको महासंघले बताएको छ।