Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ हजार रुपैयाँले बढेको छ । महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन हाल सम्मकै उच्च मूल्य हो । गत हप्ता शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर तोलाको १४७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलाको १४७० रुपैयाँमा कारोबार भएको थियो ।


सम्बन्धित समाचार