Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य १८ हजार ८ सयले घटेर ३ लाखमा कायम भएको छ । यस्तै, १५ सय ६५ ले घटेर चाँदीको मूल्य तोलामा ५ हजार ५०० कायम भएको छ । गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल ७ हजार ६५ कायम भएको थियो । बिहीबार एक तोला छापावाल सुनको मूल्य ३ लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल ७ हजार ५०५ मा किनबेच भएको थियो । त्यसैगरी, गत बुधबार एक तोला छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल ७ हजार ३०० कायम भएको भने गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य ३ लाख ९ हजार ३०० त्यति नै चाँदीको मोल ६ हजार ८७० कायम भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८६५ र त्यति नै परिमाणको सेतो धातु ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल