Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। बजेटपछि लगातार बढ्न थालेको सुनको मूल्य आइतबार घटेको छ। गत साता भन्सार दर वृद्धि भएपछि सुनको मूल्य निरन्तर बढिरहेको थियो।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घटेपछि स्थानीय बजारमा मूल्य ओरालो लागेको हो। आइतबार तोलामा १७ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन प्रतितोला एक लाख ११ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।
शुक्रवार सुन तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला एक लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ। आइतार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँ कायम छ। चाँदी शुक्रवार तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १४ सय ३५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९४८.१९ डलरमा कारोबार भइरहेको छ। यसैगरी चाँदी २३.६२ प्रतिऔंस छ।
शुक्रबार सुन प्रतिऔंस १९७९.६७ डलर र चाँदी २३.९२ डलर थियो।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल