Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो

काठमाडौं। घट्न थालेको सुनको मूल्य पुन बढेको छ। साताको पहिलो दिन आइतबार सुन तोलामा ८ सय रुपैयाँले बढेको हो।
आइतबार एक तोला सुनको मूल्य एक लाख १० हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
शुक्रवार सुन तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ। आइतबार चाँदी प्रतितोला एक हजार ३ सय ८५ रुपैयाँ कायम छ। चाँदीको मूल्य दुई दिनदेखि प्रतितोला एक हजार ३ सय ७० रुपैयाँमा स्थिर थियो।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस १९७७.८७ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस २३.८५ डलर छ।


सम्बन्धित समाचार

कम्युनिष्टका पुराना सबै अस्वीकार

२०८३ भाद्र २५

ताजा नेपाल

धनी मन्त्रीले कति दिए राहत

२०८३ भाद्र २५

ताजा नेपाल