Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा एक सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो।
सोमबारको लागि सुनको कारोबार मूल्य प्रतितोला एक लाख १२ हजार ४ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। आइतबार सुन प्रतितोला एक लाख १२ हजार ५ सय रुपैयाँ थियो।
चाँदीको मूल्य सोमबार तोलामा १० रुपैयाँले घट्दै प्रतितोला १४ सय ४५ रुपैयाँ कायम छ । आइतबार चाँदी प्रतितोला १४ सय ५५ रुपैयाँ थियो।
अन्तराष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य थोरै घटेको छ। सोमबार सुन घटेर प्रतिऔंस १९५८.९६ डलर पुगेको छ। चाँदी प्रतिऔंस २४.१५ डलर छ। आइतबार सुन प्रतिऔंस १९६०.७५ डलर र चाँदी प्रतिऔंस २४.२८ डलरमा कारोबार भएको थियो।
२०८२ बैशाख ९
ताजा नेपाल
२०८२ बैशाख ९
ताजा नेपाल
२०८२ बैशाख ९
ताजा नेपाल