Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सुन चाँदी व्यवसायीहरुले असार २७ गतेसम्म आन्दोलनलाई जारी राख्ने निर्णय गरेका छन् । सरकारले आर्थिक वर्ष २०८२–८३ देखि सुनचाँदीमा लगाएको कर खारेज हुनुपर्ने लगायतका माग राख्दै सुन चाँदी व्यवसायीहरुले पसल बन्द गरेर प्रदर्शनमा उत्रिँदै आएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्त विज्ञप्ति निकालेर काठमाडौं उपत्यकामा असार २७ गतेसम्म आन्दोलनको तालिका सार्वजनिक गरेको जानकारी दिएको छ । कार्यक्रम अनुसार आज असार २२ गते वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मस्यौदा बुझाउने र न्युरोडमा प्लेकार्ड सहित एक घण्टा विरोध प्रदर्शन गर्ने व्यवसायीहरुले बताएका छन् । असार २३ गते आन्दोलनको रणनीति तय गर्न विज्ञसहितको टिमसँग छलफल गर्ने, २४ गते उपत्यकाका जिल्ला नगरका यसअघि गर्न बाँकी रहेका कार्यक्रम गर्ने, २५ गते गोष्ठि आयोजना गर्ने र २६ गते काठमाडौंमा खबरदारी सभा गर्ने निर्णय व्यवसायीहरुले गरेका छन् । यसैगरी साताको अन्तिम दिन शुक्रबार काठमाडौंमा राष्ट्रिय रुपमा खबरदारी सभा गर्ने आन्दोलनको कार्यतालिकामा उल्लेख छ ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल