Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुनसरीमा मध्येराति गोली लागेर सर्वसाधारणको मृत्यु

काठमाडौँ । सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ । बुधबार राति करिब १ बजे सशस्त्र प्रहरी बेस क्याम्प बीओपी लौकही नजिकैको पुरी टोलमा गोली लागेर कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक डीएसपी चन्द्रबहादुर खड्काका अनुसार राति करिब १ बजेतिर अपरिचित व्यक्तिले चलाएको गोली लागेर साहको ज्यान गएको हो । घटनास्थलबाट गोलीको खोका फेला परेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको उनले जानकारी दिए ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल