Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुनसरी र सिरहा घटनाका मृतकका परिवारलाई राहत र क्षतिपूर्ति दिने सरकारको निर्णय

काठमाडौं । सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीमा भएको प्रदर्शनका क्रममा मृत्यु भएका र घाइते भएका व्यक्तिका परिवारलाई राहत, क्षतिपूर्ति तथा उपचारको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

यद्यपि, राहत तथा क्षतिपूर्तिको रकम भने सरकारले सार्वजनिक गरेको छैन। प्रवक्ता पोखरेलका अनुसार त्यससम्बन्धी विस्तृत विवरण पछि सार्वजनिक गरिनेछ।

पछिल्ला घटनामा सुनसरीमा तीन जना र सिरहामा एक जना गरी चार जनाको गोली लागेर मृत्यु भएको थियो। सरकारले घाइतेहरूको उपचारको व्यवस्थासमेत गर्ने निर्णय गरेको छ।