Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले फागुन २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचनमा सुनसरी १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले सुनसरी १ बाटै उमेद्वार बन्ने घोषणा गरेका हुन् । उनले लेखेका छन्, म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु । जय माटो । जय देश ।’ उनी २०७९ को निर्वाचनमा धरान उपमहानगरको मेयरमा निर्वाचित भएका थिए । निर्दलीय उम्मेदवार बनेका साम्पाङ मेयरमा निर्वाचित भएपछि उनले आफ्नै अध्यक्षतामा श्रम संस्कृति पार्टी दर्ता गराएका छन् । यसअघि सुनसरी १ बाट अशोक राई निर्वाचित भएका थिए । उनी एमाले जसपा गठबन्धनबाट विजयी भएका थिए । आसन्न निर्वाचनमा एमालेबाट केन्द्रीय सदस्य मन्जु भण्डारी, पूर्वप्रतिनिधि सभा सदस्य जयकुमार राई , टिका माङ्लेनलगायतको नाम सिफारिस भएको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं। १ ले आगामी प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फका लागि उमेश थापासहित आठ जनाको नाम सिफारिस गरेको छ । कांग्रेसले महाधिवेशन प्रतिनिधि चन्द्रशेखर लामा, क्षेत्रीय सल्लाहकार निर्मला गुरुङ, जिल्ला सचिव माधवबहादुर घिसिङ, केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, नेपाल महिला संघ जिल्ला सदस्य रुक्मिणा गौतम कोपिला, महासमिति सदस्य विनोदकुमार राई र महाधिवेशन प्रतिनिधि सन्दीप श्रेष्ठको नाम सिफारिस गरेको छ ।
२०८२ फाल्गुन २४
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल