Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन सरकारलाई बुझाइँदै

काठमाडौँ । जति पनि छानविन आयोगको रिपोर्ट सरकारकहाँ पुग्छन् र थन्किन्छन् । सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । आयोगका संयोजक पूर्वन्यायाधीश डिल्लीराज आचार्यले प्रतिवेदन तयार भइसकेकाले आज सरकारलाई बुझाउने जानकारी दिए । आयोगका पदाधिकारीले आज उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गर्दै छन् । दुई दिनअघि नै प्रतिवेदन बुझाउने तयारी रहे पनि राष्ट्रियसभाको अध्यक्ष चयन तथा प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासका मत लिने समय परेकाले आज बुझाउन लागिएको बताइएको छ । गत असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो । सुरुमा ३ महिना समय दिइएको आयोगको समय सीमा २ महिना थपेर फागुन २८ गतेसम्मका लागि लम्ब्याइएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भई आएको ६०.७१६ र इलेक्ट्रिक चुरोटमा लुकाई तस्करी गरिएको साढे ९ केजी सुन अनुसन्धानका लागि गठित १४ सदस्यीय आयोगले करिव चारसय पृष्ठको प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा सुन तस्करी नियन्त्रणका लागि विभिन्न सुझाव दिइएको बताइएको छ । विमानस्थलमा भएका कमीकमजोरीलाई पनि प्रतिवेदनमा समेटिएको छ । गत पुस १० गते फ्लाई दुबईको जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएका चिनियाँ नागरिक विद्युतीय चुरोटसहित पक्राउ परेका थिए । उनको साथबाट बरामद गरिएको भेप अनुसन्धान गर्दा ९ किलो सुन प्राप्त भएको खुलेको थियो । सो प्रकरणमा सीआईबीले माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुललाई पक्राउ गरेको थियो । यस्तै, गत साउन २ गते विमानस्थल भन्सारको जाँचपास गरी बाहिरिएको ६०।७१६ केजी ९पहिले एक क्विन्टल भनिएको० सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।