Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुन तोलाको २ लाख रुपैयाँ नजिक, चाँदीको मूल्य हालसम्मकै उच्च

सुन तोलाको २ लाख रुपैयाँ नजिक, चाँदीको मूल्य हालसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा आज मंगलबार चाँदीको मूल्य हालसम्मकै उच्च रहेको छ भने सुनको मूल्य पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १८०० रुपैयाँले बढेको हो ।

सोमबार प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १८०० रुपैयाँले बढेर १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउमा भने नयाँ रेकर्ड बनेको छ चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला २३२० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।