Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुरक्षा संवेदनशीलतामा कुनै सम्झौता हुँदैन : डिआईजी पोखरेल

काठमाण्डौ । विमानस्थलको प्रहरी नेपालको प्रतिबिम्ब भएकाले कानुन कार्यान्वयमा निर्दयी र बोली बचन नम्र, शिष्ट व्यवहार प्रदर्शन गर्न र सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशिल क्षेत्र भएकाले सुरक्षाको विषयमा कुनै सम्झौता नगरी गम्भिर भएर लाग्न महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव माहानिरीक्षक विश्वराज पोखरेलले कर्मचारीहरूलाई निर्देशन दिनु भएको छ ।

सोमबार त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको निरिक्षण तथा निर्देशन कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा वताउनु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै पोखरेलले नेपाल सरकारले घोषणा गरेको “नेपाल भ्रमण वर्ष २०२०” मा नेपाल भित्रने र बाहिरिने पाहुनाहरूको उलेख्य रूपमा वृद्धी हुने र उनिहरूको पहिलो दृष्टि विमानस्थलमा खटिने कर्मचारीहरू मध्ये नेपाल प्रहरीमा पर्ने हुनाले, बोली बचन, आचरण व्यवहारमा नम्रता र कानून कार्यान्वयनमा निर्दयिता अपनाउन निर्देशन दिनु भयो ।

प्रहरीको एउटा सानो कमजोरीले ठुलो दुर्घटना हुन सक्ने भएकोले त्यस तर्फ विशेष सतर्क रहन आग्रह गर्नु भयो । विमानस्थलमा खटिने एक कर्मचारीको गल्तीले समग्र संगठन वेला वेलामा बदनाम हुदै आएको भन्दै कुनै लोभ लालचमा नपरी आर्थिक अनियमितता नगर्न निर्देशन दिनु भयो । कानूनले निषेधित गरेका कुराहरू डिउटीमा खटिएको कुनै पनि कर्मचारीले रोक्ने अधिकार भएकाले आफ्नो मान्छे हो भनी छाड्न कोहि कसैले दवाव दिएमा त्यस्तालाई कारवाही गर्ने चेतावनी दिनु भयो ।

यसैबीच, नागरीकलाई गर्ने व्यवहारमा नम्रता, शिष्टता र कानून प्रयोगमा निर्दयिता अपनाई अपराध गर्नेलाई विना हिच्चकिचहावट हदै सम्मको कारवाही गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले मातहतका प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनु भयो । प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले आईतबार विहान महानगरीय प्रहरी परिसर ललितपुरको निरीक्षण तथा निर्देशन कार्यक्रममा उक्त कुरा बताउनु भएको हो ।

पोखरेलले कार्यक्रममा बोल्नुहुदै राजधानीको प्रहरीले गरेको कार्य वा व्यवहारले समग्र संगठनको प्रतिनिधित्व गर्दै सो कुरा अन्तराष्ट्रिय जगतमा समेत जाने हुनाले उत्कृष्ट ढंगले कार्यसम्पादन गर्न निर्देशन दिनु भयो । नागरिकको शान्तिसुरक्षाको जिम्मेवारी प्रहरीले लिएकाले कार्यक्षेत्रमा नागरिक संग गर्ने व्यवहारले प्रहरी वेला वेला आलोचना हुदै आएको स्मरण गराउदै आम नागरिक संगको व्यवहारमा शिष्टता र नम्रता ‍अपनाउन पनि निर्देशन दिनु भयो । पोखरेल भन्नु हुन्छ “कुनै कर्मचारीले व्यक्तिगत स्वार्थ पुरा गर्न लोभ लालचमा परी गलत कार्य गरेको भेटीएमा वा आर्थिक अनियमितता गरेको फेला परेमा त्यस्ता कर्मचारीहरूलाई कारवाही गरेरै छाड्छु कोही कतैबाट भनसुन गराएर वच्छु भन्ने नसोच्नु’’ भन्दै उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने बताउनु भयो ।

प्रत्येक दिन साझ सिनियर अधिकृतहरूले जवान हवल्दारको मेसमा गएर खाना खाने साथै कार्यालय प्रमुख हप्ताको एक दिन अनिवार्य रूपमा जवान हबल्दारको व्यारेकमा सुति देखिएका कमी कमजोरीलाई सुधार गर्दै लैजान पनि मातहत कर्मचारीहरूलाई निर्देशन दिनु भयो ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल