Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुराकीका नाममा कसलाई पोसियो यति धेरै रकम ?

काठमाडौँ । सत्तामा पुगेपछि कार्यकर्ताको गोजी भर्न सकेन भने भोलि चुनावका बेला कुन मुख लिएर भोट भाग्न जाने ? त्यही भएर सत्तामा पुगेका बेला डाडु पन्यु हातमा हुनेहरुले मनग्गे खर्च गर्छन् । गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनका नाममा सरकारी ढुकुटीबाट मनपरी रकम खर्च गरेका छन् । शान्तिसुरक्षा व्यवस्थापन शीर्षकमा गृह मन्त्रालयबाट हुने अपारदर्शी सुराकी खर्च रोक्न महालेखा परीक्षकको कार्यालयले बर्सेनि निर्देशन दिए पनि त्यसमा सुधार हुन नसकेको हो । तत्कालीन गृहमन्त्री रामबहादुर थापा र निवर्तमान गृहसचिव महेश्वर न्यौपानेले आव २०७६–७७ मा सुराकी खर्चबापत १ करोड ४८ लाख ५८ हजार खर्च गरे । न्यौपानेले ७६ लाख ५८ हजार र थापाले ७२ लाख लिएको महालेखाको शुक्रबार प्रकाशित प्रतिवेदनमा उल्लेख छ । एक दशकदेखि महालेखाले सुराकी खर्चलाई व्यवस्थित र पारदर्शी बनाउन सरकारलाई निर्देशन दिइरहेको छ तर त्यसलाई अटेरमात्र गरिएको छैन, अपारदर्शीसमेत छ ।

२८ वर्षअघि मन्त्रिपरिषद्बाट पारित कार्यविधिलाई टेकेर गृहमन्त्री र गृहसचिवले बर्सेनि आसेपासे र कार्यकर्ता पोस्न सुराकी खर्चका नाममा ढुकुटीको दोहन गर्दै आएका हुन् । गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रिपरिषद्ले २०५० जेठ १३ मा शान्तिसुरक्षाका लागि गृहमन्त्रीले एक पटकमा ५० हजार र गृहसचिवले २० हजार रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरेको थियो । त्यसबेलाका गृहमन्त्री (हाल प्रधानमन्त्री) शेरबहादुर देउवाले मन्त्रिपरिषद्बाट कार्यविधि पारित गराएर थालेको सुराकी दुरुपयोगको यो शृंखला २८ वर्ष पुग्दा पनि रोकिएको छैन । खासगरी मन्त्रीले कार्यकर्ता र सचिवले आसेपासे कर्मचारीलाई सुराकीका नाममा मनपरी रकम बाँड्ने गरेका छन् ।

गृहमन्त्री र गृहसचिवले २०७४र७५ मा १ करोड ५६ लाख १ हजार रुपैयाँ बाँडेका थिए । अचम्म त आव २०७५–७६ र २०७६–७७ मा गृहमन्त्रीले गरेको सुराकी खर्च समान ७२–७२ लाख छ । सुराकी खर्च तत्काल पाउने गोप्य सूचना र भैपरि कामका आधारमा हुनुपर्ने हो तर दुवै आवमा भएको खर्च रकम एउटै अंकमा हुनुले पनि आवश्यकता र औचित्यभन्दा मिलेमतोमा रकम लिने गरेको पुष्टि हुने गृहका एक अधिकारीले बताए । यो खर्च कहाँ र कुन–कुन शीर्षकमा भयो भन्ने विवरण गोप्य राखिएका कारण तजबिजीमा ढुकुटीको दुरुपयोग अधिक हुने गरेको आरोप लाग्ने गरेको छ । गृह मन्त्रालयका पूर्वसचिव खेमराज रेग्मीले सुराकी परिचालन र सूचना संकलनका नाममा हुने खर्च आवश्यकता र औचित्यभन्दा कार्यकर्ता र आसेपासेलाई खुसी बनाउन बढी केन्द्रित भएको बताए । सरकारले आर्थिक सहायता र उपचार खर्चसम्बन्धी कार्यविधि मिचेर आसेपासेलाई सरकारी ढुकुटीबाट सहायता बाँडेको छ । सरकारी ढुकुटीबाट सहायता लिनेमा आर्थिक रूपले सम्पन्न र लामो समय सार्वजनिक पदधारण गरेका व्यक्ति पनि छन् । पछिल्लो पटक एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारी ढुकुटीबाटै खर्च गरेर दिल्लीमा उपचार गराएका छन् ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल