Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुरेन्द्र पाण्डे भन्छन्, यस्तो प्रवृत्तिले सबैलाई सक्छ

काठमाडौं । हिजो चिनवनमा भएको घटनाका विषयलाई लिएर नेकपा भित्र अर्को बहस सिर्जना भएको छ । ओली पक्षका बाहेक अन्य सबै नेताहरुले यस घटनाको निन्दा गरेका छन् । यही बेला जसमाथि लक्षित थियो उही व्यक्ति सुरेन्द्र पाण्डेले प्रतिक्रिया दिँदै भनेका छन्, यो राजनीतिक संस्कार होइन ।

यो गैराराजनीतिक कुरा हो । यस्ता कुराले न कुनै नेताको नाम माथि चढ्छ, न नेताको संरक्षण नै हुन्छ । त्यतिमात्रै होइन यसरी हुलहुज्जत गर्नेहरुले विचारकै संरक्षण पनि गर्न सक्दैनन् । मदन भण्डारीको विचार जसले बुझेकै छैन, हुलहुज्जत मात्र गर्छ अनि कसरी जोगाउँछ रु यसो गरेर मदन भण्डारीका विचार जोगिने प्रश्नै आउँदैन । मदनको विचार यी केटाहरुले बनाइदिएको विचार पनि होइन ।

मदनका समर्थक उनीहरुमात्रै हुँदा पनि होइनन् । सिंगो पार्टीले नै अपनाएको विचारबाट पो मदन नेता भएका हुन् त । गैरराजनीतिक काम गर्ने जमातको नेता त होइनन् नि मदन भण्डारी । जुन मान्छेलाई उचालेर त्यस्तो गैरराजनीतिक काम गरे, त्यो ज्यादै छोटो विचारको काम हो । यसले कुनै राजनीतिक जँघार तार्ने काम हुँदैन । यस्तो प्रवृत्ति जसले गर्दैछ, यसले उसैलाई नोक्सान हुने, अध्याँरो मार्ग र असफलतातिर लैजान्छ । यसले पार्टी वा तालाई कसैलाई पनि हित गर्दैन ।

त्यसकारण यस्ता प्रवृत्तिहरुलाई ठुलो रुपमा लिनु जरुरी छैन, त्यो पराजित हुनेछन् भन्ने ठान्छु । यस्ता प्रवृत्तिहरुलाई बोकेर तिमीहरु ठिक हौ भनेर उचाल्ने काम विगत केही समयदेखि हुँदै आएकोले नै यस्तो भएको हो । पार्टीमा यस्तो प्रवृत्ति जसले हुर्काउँछ, त्यसले उसैलाई पनि जोगाउँदैन । सबैलाई खान्छ । अर्कालाई डढाउँछु भनेर जंगलमा लगाएको आगोले आफैलाई पनि सिध्याउँछ ।


सम्बन्धित समाचार