Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुर्खेत , काँक्रेविहारमा मृत भेटिएका युवायुवतीको पहिचान खुल्यो

८ मंसिर, सुर्खेत । सुर्खेतको काँक्रेविहार जंगलमा मृत भेटिएका युवायुवतीको पहिचान खुलेको छ ।

मृतक युवती वीरेन्द्रनगर–१०, खजुराकी १६ वर्षीया दीपिका चौधरी र युवक जुम्लाको कनका सुन्दरी गाउँपालिका–७ का १८ वर्षीय नरेश खत्री रहेको प्रहरीले जनाएको छ ।
उनीहरू वीरेन्द्रनगर नगरपालिका–९, मा रहेको काँक्रेविहार जंगलमा सोमबार बिहान करिब ११स् ३० बजे मृत अवस्थामा भेटिएका हुन् ।

जंगलमा घाँस काट्न गएका स्थानीयले उनीहरूलाई झुन्डिएको अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयको खबरपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक राजन भट्टराईको कमान्डमा ५ जनाको टोली घटनास्थल खटाइएको डीएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।

उनका अनुसार युवतीका काका राजु चौधरी र युवककी फुपू गीता खत्रीले घटनास्थलमै गएर सनाखत गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार

समानुपातिकमा कुन दलको कस्तो छ अवस्था ?

२०८२ फाल्गुन २५

ताजा नेपाल

तीन सिटसहित श्रम संस्कृति पाचौँ पार्टी

२०८२ फाल्गुन २४

ताजा नेपाल