Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुशीलालाई बधाई दिन युवाहरुसँगै पुगिन सुमना

काठमाडौं । नेपालको पहिलो महिला प्रधानमन्त्री भएकी सुशीला कार्कीलाई अहिले बधाई थाप्न भ्याईनभ्याई छ । सपथ ग्रहणमा पूर्व प्रधानमन्त्रीहरू मध्ये बाबुराम भट्टराईबाहेक कोही आएनन् । सभामुख र राष्ट्रिय सभा अध्यक्ष नआएपनि कार्कीलाई जेनजी समूहले शीतल निवासमै पुगेर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । प्रधानमन्त्रीलाई बधाई दिन रास्वपाकी सांसद तथा पूर्वमन्त्री सामना श्रेष्ठ पनि शीतल निवास पुगेकी थिइन् ।

प्रधानमन्त्री कार्की निजी निवासमै बस्ने
नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीले आइतबार मात्रै पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार शुक्रबार चाँडै सपथग्रहणको कार्यक्रम सकाएर गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी पदभार ग्रहणको तयारी भए पनि ढिलो गरेर मात्रै सपथग्रहण कार्यक्रम भएपछि शुक्रबार पदभारग्रहण हुन नसकेको हो । शुक्रबार राति पदभारग्रहण लगत्तै प्रधानमन्त्री कार्की आफ्नै निजी निवासमा गएकी छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जेनजी आन्दोलनकारीले क्षति पुर्‍याएको कारण सरकारी निवास नगएर आफ्नै निजी निवासमा बसिरहेकी हुन् । सम्भव त सरकारी निवासको व्यवस्थापन नहुदाँसम्म उनी आफ्नै निजी निवासमा बस्ने प्रधानमन्त्री कार्यालय उच्च स्रोतले जनाएको छ ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल