Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुस्मिता के.सी.इन्डियादेखी कावासोतीसम्म आइन् छोराको फर्की फर्की फिल्म हेर्न

काठमाडौं । अनमोल केसीको स्टार फिल्म फर्की फर्की हलमा व्यावसायिक सफलतासहित चलिरहँदा उनका प्रशंसक खुसी हुने कुरा भइहाल्यो । सबैभन्दा खुसी अर्को कोही छ भने ती हुन् अनमोलकी आमा सुस्मिता ।

खुसी पनि यतिसम्मकी छोरा अनमोलको पछिल्लो फिल्म फर्की फर्की हेर्नकै लागि सुस्मिता आफ्नी बूढी आमालाई लिएर भारतको सिलिगुडीदेखि नवलपरासीको कावासोतीसम्म आइपुगिन् । मंगलबार उनले कावासोतीको हलमा फिल्म हेरेकी छन् ।

सबैले वाह वाह भनेपछि म युट्युबमा फिल्म हेर्नको लागि एक वर्ष कुर्न सक्दिनँ । तत्कालै आमालाई लिएर नेपाल आइपुगें, सुस्मिताले भनिन्, मेरो छोराको फिल्म हेर्न म आएकी हुँ । भोलि फर्किदैछु, पछिल्लो समय सिलीगुडीमा बस्दै आएकी सुस्मिताले खुसी साटिन् ।

मलाई छोराबाट अरु कुरा आशा छैन । उसको सफलतामा रमाउनु नै मेरो लागि ठूलो कुरा हो, सुस्मिता भन्छिन्, म आज यति खुसी छु कि सबैले उसलाई जिरोमा ल्याइसकेका थिए । मेरो छोराले जुन कमब्याक लियो, नयाँ जन्म लियो, मेरो जीवनको सबैभन्दा खुसीको क्षण हो यो ।

उनले फिल्म हेरेर आफू रमाएको बताइन् । उसले एक्टिङमा इम्प्रुभ गर्‍या छ, सुस्मिताले भनिन् । फर्की फर्कीको प्रिमियरमा निर्माता रोहित अधिकारीले निम्तो गरेपनि उपस्थित हुन नसकेको उनले बताइन् । सुस्मिता बुधबार चितवनको सौराहामा बसेकी छिन् । सौराहामा बेलुका अनमोलको सफलताको खुसीमा सुस्मिताले कल्चरल डान्सको आयोजना गरेकी छन् ।
फर्की फर्कीको गीतमा थारु कल्चरल डान्स गर्ने उनको तयारी छ । छोराका लागि डेडिकेसन हुने गीत हो यो । त्यो गीतमा म पनि नाच्छु, उनले भनिन् । उनले निकट भविष्य फिल्मको निर्माणमा फर्किने संकेत पनि गरिन् ।